close

ललितपुर महानगरपालिकाले अब विद्युतीय सवारी मात्रै खरिद गर्ने

टेकपाना टेकपाना

साउन ५, २०७९ १६:२०

ललितपुर महानगरपालिकाले अब विद्युतीय सवारी मात्रै खरिद गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले अब विद्युतीय सवारी मात्र खरिद गर्ने भएको छ ।

बिहीबार आयोजित क्विक रेस्पोन्स टिम घोषणा कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यसबारे जानकारी दिएका हुन् ।

साथै महानगरपालिकाले क्विक रेसपोन्स टिमलाई बिहीबार नै पाँच ओटा विद्युतीय स्कुटर प्रदान गरेको छ ।

महानगरभित्र कुनै पनि ठाउँमा तत्काल पुग्नुपर्ने अवस्थामा विद्युतीय स्कुटरसहितको क्विक रेस्पोन्स टिम घोषणा गरिएको हो । आउने दिनमा यो संख्या बढाउँदै लगिने पनि मेयर महर्जनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३