close

डिजिटल मार्केटिङ विषयमा तालिम दिँदै पर्यटन बोर्ड

टेकपाना टेकपाना

साउन ७, २०७९ १५:३२

डिजिटल मार्केटिङ विषयमा तालिम दिँदै पर्यटन बोर्ड

काठमाडौं । पर्यटन क्षेत्रको डिजिटल प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले पीयूएम नेदरल्यान्डससँगको सहकार्यमा ‘डिजिटल मार्केटिङ विषयमा तालिम आयोजना गरेको छ । बिहीबारदेखि सुरु भएको यो तालिम एक हप्तासम्म चल्नेछ ।

तालिममा देशका विभिन्न स्थानबाट आएका ७० जना पर्यटन व्यवासायी तथा सरोकारवालाले सहभागिता जनाएका छन् ।

बोर्डका अनुसार तालिममा सहभागीलाई डिजिटल मार्केटिङसम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ ।

अहिलेको समय प्रविधिको भएको कारण डिजिटल मार्केटिङको महत्त्व निकै रहेकोले यो तालिम आयोजना गरिएको बोर्डले जनाएको छ ।

कोरोना महामारीपछि बोर्डले डिजिटल मार्केटिङमा जोड दिँदै आएको छ । भर्चुअल टुर लगायत विभिन्न कार्यक्रम गर्दै नेपाली पर्यटनको प्रवर्द्धन गरिएको बोर्डले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३