close

एप्पल आईडीको पासवर्ड परिवर्तन गर्ने तरिका 

टेकपाना टेकपाना

साउन ८, २०७९ १५:२३

एप्पल आईडीको पासवर्ड परिवर्तन गर्ने तरिका 

काठमाडौं । एप्पलका सेवा प्रयाेग गर्न स्वभावैले एप्पल आईडी चाहिन्छ । एप्पल स्टोर, आईक्लाउड, आईमेसेज, फेसटाइम र एप्पल म्युजिकजस्ता सेवामा पहुँच पाउन एप्पल आईडी आवश्यक पर्छ ।

कुनै नयाँ एप्पल डिभाइस सेटअप गर्नु पर्‍यो भने पनि एप्पल आईडी आवश्यक पर्ने गर्छ । यदि तपाईंले प्रयोग गरिरहेको एप्पल आईडीको पासवर्ड कसैलाई जानकारी भएको थाहा पाउनुभयो भने तुरुन्तै परिवर्तन गर्नुपर्ने हुन्छ ।

यसाे गर्दा तपाईंले आफ्नो डिभाइसमा भएका महत्त्वपूर्ण डेटा सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले नयाँ पासवर्ड राख्नुपर्‍यो भने सबैभन्दा पहिले आठ ओटा क्यारेक्टरको पासवर्ड सोच्नुहोस् ।

जसमा एउटा अपरकेस लेटर (क्यापिटल लेटर), एउटा संकेत (@,%,& जस्ता संकेत), कम्तिमा एउटा अंक, र लोअरकेस लेटर (स्मल लेटर) को संयोजन बनाई पासवर्ड सोच्न सक्नुहुन्छ । तर, याद गर्नुहोस् तपाईंले पहिले प्रयोग गरेको पासवर्ड पुनः प्रयोग गर्न पाउनुहुन्न ।

एप्पल आईडीको पासवर्ड परिवर्तन गर्ने तरिका यहाँ उल्लेख गरिएको छ । याद गर्नुहोस्, त्यसका लागि तपाईंले पछिल्लो समय प्रयोग गरिएको पासवर्ड सम्झेको हुनुपर्छ ।

आईओएसमा पासवर्ड परिवर्तन गर्ने तरिका

  • सबैभन्दा पहिले आईप्याड, आईफोन वा एप्पल वाचको सेटिङमा जानुहोस् ।
  • त्यसपछि सबैभन्दा माथि रहेको तपाईंको नाममा ट्याप गर्नुहोस् ।
  • त्यसपछि पासवर्ड एण्ड सेक्युरिटी (Password & Security) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि चेन्ज पासवर्डमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि खुलेको नयाँ सेक्सनमा तपाईंले आफ्नो डिभाइसको पासकोड इन्टर गर्नुपर्ने हुन्छ ।
  • त्यसपछि नयाँ पासवर्ड राखेर त्यस्लाई पुस्टि गर्नुहोस् ।
  • त्यसपछि पुनः मुख्य सेटिङमा गई नयाँ पासवर्ड प्रयोग गरी साइनअप गर्नुहोस् ।

म्याकमा यसरी परिवर्तन गर्नुहोस् एप्पल आईडीको पासवर्ड

  • सबैभन्दा पहिले माथि दायाँपट्टि रहेको एप्ल मेन्युमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ सिस्टम प्रिफेरेन्स (System Preferences) छान्नुहोस् ।
  • त्यसपछि एप्पल आइडीको अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि पासवर्ड एण्ड सेक्युरिटी (Password & Security) मा ट्याप गर्नुहोस् ।
  • त्यहाँ आफूले प्रयोग गरिरहेको पासवर्ड प्रयोग गरी म्याक अनलक गर्नुहोस् ।
  • त्यसपछि नयाँ पासवर्ड राखेर भेरिफाई गर्नुहोस् ।
  • त्यसपछि चेन्जमा क्लिक गर्नुहोस् । यसरी तपाईं म्याकमा एप्पल आईडीको पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३