close

नेपालमै पहिलो पटक रोबोटहरूको एफपीभी ग्राउन्ड रेस प्रतियोगिता सम्पन्न

टेकपाना टेकपाना

साउन ९, २०७९ ८:१५

नेपालमै पहिलो पटक रोबोटहरूको एफपीभी ग्राउन्ड रेस प्रतियोगिता सम्पन्न

काठमाडौं । जीबीएस टीम र टेक्सास एजुकेसन नेटवर्कले नेपालमै पहिलो पटक एफपीभी ग्राउन्ड रेस प्रतियोगिता आयोजना गरेका छन् ।

शनिबार भएकाे साे प्रतियोगितामा सहभागी १५ टिमबाट विराटनगरको टिम डिस्ट्रक्टर पहिलाे हुन सफल भएकाे छ । साे टिमले नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पायाे ।

त्यस्तै कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलको टिम ‘द विजर्ड अफ कान्तिवीर’ले दाेस्राे स्थाल हासिल गरेकाे छ । टिम विजर्डले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पायाे ।

त्यस्तै कान्तिपुर इन्जिनियरिङ कलेजकै टिम “रम्बल द नाइट्स अफ कान्तिवीर’ले तेस्राे स्थान हासिल गर्‍याे । रम्बलले ५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पायाे ।

टेकपानासँग कुरा गर्दै आयोजक जीबीएस टिमका कार्यक्रम संयोजक सुवर्ण तिवारीले भने, “हाम्रो देशमा खेलकूदका विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । यो रोबोटिक्स प्रतिस्पर्धाचाहिँ पहिलो पटक आयोजना गरिएको हो । जसको मुख्य उद्देश्य भनेको प्रकोप गएको बेला पीडित समक्ष रोबोटका माध्यमबाट सहयोग पुर्‍याउन सकिन्छ भन्ने अवस्था बुझाउनु थियो । जसमा प्रतियोगीले एफटीभी गगल्स लगाएर स्टेसनबाट रोबोट नियन्त्रण गरेका थिए । त्यसैका आधारमा विजयी घोषणा गरिएको थियो ।”

कार्यक्रमले सर्भिलियन्स र रेस्क्यु मिसनका बारेमा धेरैलाई सकारात्मक प्रभाव पार्न सकेको तिवारीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३