close

आईफोनमा स्पाइवेयर आक्रमणको जोखिम, प्राइभेसी सेटिङ परिवर्तन गर्न एप्पलको आग्रह

टेकपाना टेकपाना

साउन ९, २०७९ ९:५९

आईफोनमा स्पाइवेयर आक्रमणको जोखिम, प्राइभेसी सेटिङ परिवर्तन गर्न एप्पलको आग्रह

काठमाडौं । स्पाइवेयर आक्रमणको जोखिम बढेको भन्दै एप्पलले आफ्ना प्रयोगकर्तालाई मोबाइलको प्राइभेसी सेटिङ परिवर्तन गर्न आग्रह गरेको छ ।

विभिन्न प्रकारका साइबर आक्रमण बढिरहेको सन्दर्भमा एप्पलले आईओएस १६ मा प्रयोगकर्ताको लागि साइबर सुरक्षाका विभिन्न नयाँ फिचरहरू थप गरेको छ । ती फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो डिभाइसलाई साइबर आक्रमणबाट जोगाउन सकिने भन्दै कम्पनीले यसको उपयोग गर्न आग्रह गरेको हो ।

आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने आईओएस १६ मा एप्पलले साइबर आक्रमणबाट बच्नको लागि प्राइभेसी सेटिङमा नयाँ फिचरहरू थप गरेको छ । सार्वजनिक भएपछि सबैले आईओएस १६ प्रयोग गर्न पाउनेछन् नै, अहिले भने कम्पनीले यसको बेटा भर्सन मात्र सार्वजनिक गरेको छ ।

यस बेटा भर्सनमा पनि साइबर आक्रमण विरुद्धको प्राइभेसी सेटिङ प्रयोग गरेर हेर्न सक्नुहुनेछ । नयाँ प्राइभेसी सेटिङमा ‘चुज माई ओन पासवर्ड’ र ‘इडिट स्ट्रङ्ग पासवर्ड’ जस्ता फिचरहरू थप गरिएको छ ।

यसका साथै प्रयोगकर्ताले ‘नो स्पेशल क्यारेक्टर’ फिचर सहितको पासवर्ड सेट गर्न मिल्ने फिचर पनि छ ।

कमजोर पासवर्डका कारण हुन सक्ने विभिन्न साइबर आक्रमणबाट प्रयोगकर्तालाई सुरक्षा दिनको लागि यी नयाँ फिचरहरू थप गरिएको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३