काठमाडौं । हिजोआज सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ । यससँगै सार्वजनिक रुपमा गरिएका पोस्टमा आएका प्रतिक्रियाका आधारमा प्रोफाइल कस्तो छ भनेर अनुमान लगाउन थालिएको छ ।
आफ्नो लोकप्रियतालाई पोस्टमा आउने लाइक, रियाक्सन र कमेन्टसँग जोड्ने प्रवृत्तिले भने बेला बेलामा समस्या निम्त्याउने गरेको छ । हुन त सामाजिक सञ्जालमा भएको प्रतिक्रियालाई लिएर गम्भीर हुनुपर्ने त कारण छैन ।
तर अधिकांश प्रयोगकर्ता भने आफ्ना पोस्टमा धेरै लाइक, कमेन्ट आए खुसी र सन्तुष्ट हुने गर्छन् । कतिपयलाई भने यस्तो बानी मन पर्दैन ।
यस्तोमा हिजोआज फेसबुक तथा इन्स्टाग्राममा कतिले रियाक्ट गरे, फोटोमा लाइक कति आयो भनेर अरुले हेर्न नमिल्ने बनाउन मिल्छ । यद्यपि पोष्ट गर्ने व्यक्तिले भने क-कसले र कति जनाले रियाक्ट गरेका छन् भनेर हेर्न मिल्छ ।
आज हामी इन्स्टाग्राममा आएका लाइक अरूले देख्न नसक्ने कसरी बनाउने भन्ने विषयमा जानकारी दिन्छौं । तपाईंले इन्स्टाग्रामको लाइक लुकाई सकेपछि अन्य व्यक्तिले तपाईंको इन्स्टाग्राम पोस्टमा आएका लाइक संख्या देख्न सक्दैनन् ।
इन्स्टाग्राममा आफ्नो पोस्ट लाइक यसरी लुकाउनुहोस् ।
सबैभन्दा पहिले आफ्नो फोनमा इन्स्टाग्राम एप खोल्नुहोस् ।
त्यसपछि तल बीचमा रहेको प्लस आइकनमा ट्याप गर्नुहोस् ।
फोटो छानिसकेपछि क्याप्सन लेख्न स्टेजसम्म पुग्नुहोस् । त्यसपछि तल रहेको एड्भान्स सेटिङमा जानुहोस् ।
त्यसपछि सबैभन्दा माथि रहेको हाइड लाइक एण्ड भ्यु काउन्ट अन दिस पोस्ट (Hide like and view counts on this post) को अप्सनलाई अफ गर्नुहोस् ।
त्यस्तै तपाईंले त्यही अप्सनका माध्यमबाट कमेन्ट नगर्ने पनि बनाउन सक्नुहुन्छ ।
यो सेटिङ अपनाएपछि तपाईंको पोस्टमा आएका लाइक संख्या अरूले देख्न सक्ने छैनन् ।
अरूको पोस्ट तथा भिडिओमा आएको लाइक तथा भ्युज आफूले नदेख्ने बनाउनका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले इन्स्टाग्राम खोल्नुहोस् ।
त्यसपछि तलपट्टि रहेको तपाईंको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङ अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि प्राइभेसीमा जानुहोस् ।
त्यसपछि पोस्ट अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि हाइड एण्ड भ्यु काउन्ट्सको अप्सनलाई डिसेबल गर्नुहोस् । त्यसपछि तपाईंले अरूको पोस्टमा आएको लाइक र भ्युजको संख्या देख्न सक्नुहुन्न ।