काठमाडौं । अहिले कुनै पनि वेबसाइटमा अनलाइन अकाउन्ट बनाउँदा जीमेल आईडी अपरिहार्यजस्तै भएको छ । हामीले त्यहाँ प्रयोग गरेको जीमेल आईडीमा ती साइटबाट अनावश्यक मेल आइरहेका हुन्छन्, जसले गर्दा हामीले हेर्नुपर्ने महत्त्वपूर्ण मेल छुटिरहेकाे हुन्छ ।
आज हामी यसरी दैनिक रूपमा आइरहने अनावश्यक मेलबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।
प्रयोगकर्ताले गुगल अकाउन्ट प्रयोग गरेर कुनै पनि साइटमा नयाँ अकाउन्ट बनाएपछि ती साइटले आफ्नो विज्ञापनका रूपमा प्रयोगकर्तालाई अनावश्यक मेल पठाइरहेका हुन्छन् ।
यसलाई गुगल टुलका माध्यमबाट ब्लक र अनसब्स्क्राइब गर्न सक्नुहुन्छ । आज हामी यस्ता अनावश्यक मेललाई कसरी अनसब्स्क्राइब वा ब्लक गर्ने भन्ने विषयमा जानकारी दिँदैछौँ ।
जीमेलमा किन यस्ता आईडी ब्लक गर्नुपर्छ ?
तपाईंले जति धेरै जीमेल प्रयोग गर्नुभयो, तपाईंको इनबक्समा त्यति नै धेरै ईमेल आइरहेका हुन्छन् ।
यदि तपाईंले कुनै पनि साइटमा जीमेल अकाउन्टबाट साइनअप गर्नुभएको छ भने त झन् तपाईंकोमा त्यस्ता साइटबाट अनावश्यक बढी ईमेल आइरहेका हुन्छन् ।
यसको अर्थ तपाईंको जीमेल इनबक्स यस्ता अनावश्यक मेलबाट भरिएको हुन्छ । त्यस्तै यदि तपाईंको ईमेल केही साइटले अन्य थर्ड पार्टीलाई बिक्री गरका हुन सक्छन् । जसले गर्दा तपाईंले अनावश्यक मेल बढी पाउनु भएको हुनसक्छ ।
यदि तपाईंले त्यस्ता व्यक्ति ब्लक गर्नुभयो भने के हुन्छ?
यदि तपाईंले कुनै पनि ईमेल एड्रेस ब्लक गर्नुभयो भने यसले उनीहरूलाई मेल पठाउनबाट रोक्न सक्दैन । ब्लक गरेको खण्डमा मेल इन्बक्समा आइपुग्नुअघि फिल्टर हुने गर्दछ । जीमेलको फिल्टरले यस्ता मेललाई स्पाम वा ट्रयाशमा राख्ने गर्छ ।
गुगलले तपाईंले ब्लक गरेका हरेक मेलको रेकर्ड राखेको हुन्छ । जसलाई पछि तपाईं अनब्लक गर्न सक्नुहुन्छ । तपाईंले ब्लक गरेको उनीहरूले थाहा पाउछन् कि भन्ने सोच्नुभएको छ भने ढुक्क हुनुहोस्, उनीहरूलाई केही थाहा हुँदैन ।
गुगलले तपाईंले ब्लक गरेका हरेक मेलको रेकर्ड राखेको हुन्छ । जसलाई पछि तपाईं अनब्लक गर्न सक्नुहुन्छ । तपाईंले ब्लक गरेको उनीहरूले थाहा पाउँछन् कि भन्ने सोच्नुभएको छ भने ढुक्क हुनुहोस्, उनीहरूलाई केही थाहा हुँदैन ।
कुनै पनि ईमेल एड्रेसलाई यसरी ब्लक गर्नुहोस्
सबैभन्दा पहिले तपाईंले ब्लक गर्न चाहेको ईमेलबाट आएको मेल खोल्नुहोस् ।
अब पठाउने व्यक्तिको नामको पछाडि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
त्यसपछि ब्लक कन्ट्याक्ट नेम (Block contact name) मा ट्याप गर्नुहोस् ।
त्यसपछि ब्लकको अप्सनमा ट्याप गर्नुहोस् ।
अब सो व्यक्तिबाट आउने हरेक मेल स्पाम फोल्डरमा जान्छन् ।
त्यस्तै तपाईंले कुनै पनि साइटबाट आउने अनावश्यक मेल तल उल्लेख गरिएको प्रक्रिया अपनाई रोक्न सक्नुहुन्छ । विशेषगरी सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक, लिंकडिनमा आएका नोटिफिकेसन मेलका रूपमा इनबक्समा आइरहेका हुन्छन् ।
सबैभन्दा पहिले जीमेल खोल्नुहोस् ।
त्यसपछि इनबक्समा गएर साइटले पठाएको मेलमा जानुहोस् ।
अब स्क्रोल गर्दै तल जानुहोस् । त्यहाँ अनसब्स्क्राइबको अप्सन देख्न सकिन्छ ।
अनसब्स्क्राइबमा ट्याप गरिसकेपछि त्यो साइट खुल्छ । जहाँ कन्फर्ममा ट्याप गरिसकेपछि सो साइटबाट अनावश्यक मेल आउन छोड्छ ।
ब्लक गरेका अकाउन्टलाई कसरी अनबल्क गर्ने?
यदि तपाईंले कुनै अकाउन्टलाई झुक्केर ब्लक गर्नुभएको छ भने पनि अनब्लक गर्न सक्नुहुन्छ । यदि कसैले अनावश्यक रूपमा ईमेल पठाएर दिक्क लगाएको छ भने चाहिँ अनब्लक नगर्दा नै भयो । तपाईंले एउटा क्लिक गरेको भरमा सबैलाई अनब्लक गर्न सक्नुहुन्छ ।
सबैभन्दा पहिले ब्राउजरबाट जीमेलमा जानुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा क्लिक गर्नुहोस् ।
त्यसपछि सी अल सेटिङमा क्लिक गर्नुहोस् ।
त्यसपछि फिल्टर एन्ड ब्लक सेक्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि त्यहाँ ब्लक गरिएका अकाउन्टको छेउमा अनब्लकको आइकन देख्न सक्नुहुन्छ ।
अनब्लकको अप्सनमा ट्याप गरी सो व्यक्तिलाई अनब्लक गर्न सकिन्छ ।