काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा ३८ अर्बभन्दा बढीका मोबाइल नेपाल आयात भएका छन् । भन्सार विभागले भर्खरै सार्वजनिक गरेको वैदेशिक व्यापारको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार गत आर्थिक वर्षमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल नेपाल आयात भएका छन् । जब कि अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३८ अर्ब ९० करोड ४५ लाख ८४ हजारका मोबाइल भित्रिएका थिए ।
यसरी अघिल्लो वर्षको तुलनामा गत वर्ष मोबाइल आयात १४ लाख ४३ हजार ७८८ थानले घटेको हो । उक्त मूल्यमा ७० लाख ३० हजार ३६६ थान मोबाइल ल्याइएको थियो ।
सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत वैशाखदेखि छ सय अमेरिकी डलरभन्दा महँगा मूल्यका मोबाइल आयातमा बन्देज लगाएको थियो । तर त्यसका बाबजुद अघिल्लो वर्षको तुलनामा गत वर्ष मोबाइल आयातमा एक अर्ब १६ करोड २४ लाख ३ हजार रुपैयाँ बढी बाहिरिएको छ ।