close

गुगल प्ले स्टोरको लोगो परिवर्तन, तपाईंलाई कस्तो लाग्यो त ?

टेकपाना टेकपाना

साउन १०, २०७९ १२:१८

गुगल प्ले स्टोरको लोगो परिवर्तन, तपाईंलाई कस्तो लाग्यो त ?

काठमाडौं । गुगल प्ले सुरु भएको औपचारिक रुपमा १० वर्ष पुगेको छ । याे अवसरमा कम्पनीले एप लोगो परिवर्तन गरेको छ ।

यसअघि केही प्रयोगकर्ताको मोबाइलमा प्ले स्टोरको नयाँ लोगो उपलब्ध भइसकेको थियो । अब भने सबै प्रयाेगकर्ताका लागि यो लोगो उपलब्ध भएकाे छ ।

झट्ट हेर्दा पुरानो र नयाँ लोगोमा खासै फरक नदेखिए पनि रङ्गमा परिवर्तन देख्न सकिन्छ । पहिलेको लाेगाेकाे रङ्ग थोरै मधुरो थियो भने नयाँ लोगोमा रङ्ग गाढा छ ।

साथै त्रिकोणात्मक लोगोलाई अहिले थोरै गोलो पनि बनाइएको छ । यसअघि कम्पनीले सन् २०१७ मा लोगो परिवर्तन गरेको थियो ।

सन् १०१२ देखि गुगल प्ले एप अन्य विभिन्न एपहरुका लागि एउटै थलो अथवा अनलाइन स्टोरको रुपमा सुरु भएको थियो ।

सुरुवाती समयमा प्ले स्टोरमा विभिन्न एन्ड्रोइड एपहरू, गीत संगीतका एप, ई-बुक तथा भिडिओका एपहरू उपलब्ध हुने गर्थ्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३