काठमाडौं । कम्प्युटर खरिद गरिसकेपछि त्यसमा अङ्ग्रेजी शब्द टाइप गर्न कुनै समस्या हुँदैन । किनभने त्यसमा प्रि-इन्स्टल अर्थात् पहिले नै इन्स्टल भएका अङ्ग्रेजी फन्ट हुने भएकाले अङ्ग्रेजी शब्द सजिलै लेख्न सकिन्छ ।
तर, नेपाली भाषा र शब्दका सन्दर्भमा पहिले नै कुनै फन्ट इन्स्टल गरेको हुँदैन । भए पनि केही सीमित ब्रान्डमा मात्र उपलब्ध हुन्छ ।
आज हामी विन्डोज वर्डमा नेपाली अक्षर टाइप गर्न आवश्यक विभिन्न फन्ट कहाँबाट कसरी डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।
इन्टरनेटमा नेपाली अक्षरका लागि पनि अनेकन् फन्ट उपलब्ध छन् । सबैभन्दा पहिले कुन-कुन फन्ट आवश्यक हुन्छन् भन्ने विषयमा जानकारी हुन आवश्यक हुन्छ ।
नेपाली अक्षरका लागि केही प्रचलित फन्टहरू
- प्रीति
- कान्तिपुर
- गणेश
- सगरमाथा
- आकृति
- कोकिला
- अरब
- हिमालय
- कञ्चन
- देवनागरी
- ऋतु
- हिमाली
- खरी
हामीले यहाँ उपलब्ध गराएको फन्टको जिप फाइल डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।
त्यसपछि डाउनलोड फाइललाई एक्स्ट्रयाक्ट गर्नुपर्ने हुन्छ । एक्स्ट्रयाक्ट गरिसकेपछि त्यहाँ भएका कुनै फन्टमा क्लिक गर्नुहोस् ।
माथि इन्स्टल लेखिएको अप्सनमा क्लिक गर्नुभयो भने सो फन्ट तपाईंको कम्प्युटरमा इन्स्टल हुन्छ ।
त्यसलाई फोटोशप, वर्ड फाइल, एक्सल जहाँकहिँ प्रयोग गर्न सकिन्छ ।
त्यस्तै तपाईंलाई युनिकोड सपोर्ट गर्ने फन्ट कसरी डाउनलोड गर्न सकिन्छ भन्ने जान्ने इच्छा लागेमा यो भिडिओ हेर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
