काठमाडौं । ह्वावेको क्यारियर बीजी मार्केटिङ एण्ड सोलुसन बिक्री विभागका अध्यक्ष पेङ्ग सङ्गले कम्पनीको पछिल्लो ‘क्लाउड रूपान्तरण’ सम्बन्धी नयाँ योजनाले दूरसञ्चार सेवाप्रदायकलाई सहयोग पुर्याउने बताएका छन् ।
‘विन विन ह्वावे इनोभेसन सप्ताह’को अवसरमा आयोजित ‘क्यारियर क्लाउड ट्रान्सफरमेसन समिट’का क्रममा उनले यस्तो बताएका हुन् ।
कम्पनीले सेवाप्रदायको नेटवर्कको लाभ वृद्धिका लागि सेवाको पुनः संरचनालाई गति दिन र कनेक्टिभिटीका उपलब्धी हासिल गर्न, टेलिकम कम्पनी सञ्चालनलाई प्रभावकारी बनाउन यस्तो योजना ल्याएको हो ।
क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्त्वपूर्ण हिस्सा बनिरहेको र आर्थिक संरचना र बजार परिदृश्यलाई नयाँ आकार दिनसक्ने क्षमताका कारण यसलाई एउटा प्रमुख आर्थिक कारकको रूपमा हेरिएको उनको भनाइ थियो ।
दूरसञ्चार उद्योग आफ्नो क्लाउड रूपान्तरणको संवेदनशील चरणमा प्रवेश गरिसकेको छ । जसको परिणामस्वरूप थुप्रै नयाँ अवसर र चुनौती देखा परेका छन् ।
सन् २०२३ सम्ममा १५ प्रतिशत सेवाप्रदायले बृहत् क्लाउड रणनीति विकास गरी लागू गरिसक्ने अपेक्षा राखिएको भन्दै उनले विश्वभर टेलिकमको क्लाउड बजार सयौँ अर्ब डलरको हुने दाबी गरे ।
नयाँ प्रविधि विस्तार गरी त्यस किसिमका अवसरको लाभ लिन सेवाप्रदायकहरूले चुस्त र प्रभावकारी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो ।
“यसका लागि विशेषतः ३ ओटा मुख्य क्षेत्र रहेका छन्,” उनले भनेका छन्, “त्यसमा पहिलो भनेको नेटवर्क महत्त्वको सन्दर्भमा सेवाप्रदायकले क्लाउडको सहयोगमा नेटवर्कका सीमाहरू विस्तार गर्न पर्छ र बीटुबी बजारमार्फत धेरैभन्दा धेरै ग्राहकले उन्नत लाभ हासिल गर्नसक्ने सुनिश्चितताका लागि नेटवर्कको आवश्यकतामा सुधार ल्याउनुपर्छ ।”
दोस्रोमा डिजिटल नवप्रवर्तनको सन्दर्भमा सेवाप्रदायकहरूले डिजिटल सेवा आविष्कारका लागि क्लाउड प्लेटफर्म बनाउनुपर्ने उनको भनाई थियो । जसले गर्दा उनीहरूले नयाँ सेवाहरु अझ छिटो छरितो रूपमा सुरु गर्नसक्छन् ।
त्यस्तै तेस्रोमा टेलिकम कम्पनीहरूले आफ्नो प्राथमिक व्यवसायको वृद्धिका लागि दूरसञ्चार सेवा सञ्चालनको सन्दर्भमा यही क्षेत्रलाई लक्षित गरी तयार पारिएको क्लाउड सोलुसनलाई पूर्ववत रूपमा एकीकृत गरी प्रयोगमा ल्याउनुपर्ने उनको सुझाव छ ।
एसियामा दूरसञ्चार सेवाप्रदायकलाई आफ्नो सेवा तथा सुविधामा नियन्त्रिण कायम राख्न ह्वावेले ‘डिस्ट्रिब्युटेड क्लाउड’ तैनाथ गरिएको उनले बताए । जसबाट विभिन्न सेवाको डेटा विश्लेषण तथा फाइभजी प्याकेज मार्केटिङ सफलता दर १८० प्रतिशतले सुधार आएको पेङ्गको दाबी थियो ।
२०२१ को अन्त्यसम्ममा ह्वावेले विश्वभर १२० सेवाप्रदायकका लागि क्लाउड सेवाहरूमा सघन तवरमा काम गरेको उनले बताए । ‘विन-विन ह्वावे इनोभेसन विक’ १८ जुलाईदेखि २१ जुलाईसम्म आयोजना गरिएको थियो ।