close

आज हार्मोनी ओएस थ्री सार्वजनिक हुँदै, कसरी हेर्ने कार्यक्रम ?

टेकपाना टेकपाना

साउन ११, २०७९ १४:२५

आज हार्मोनी ओएस थ्री सार्वजनिक हुँदै, कसरी हेर्ने कार्यक्रम ?

काठमाडौं । ह्वावेले आज हार्मोनी ओएस थ्री सार्वजनिक गर्दैछ । नेपाली समयअनुसार अपरान्ह ५ः१५ देखि सुरू हुने एक कार्यक्रममार्फत कम्पनीले नयाँ हार्माेनी ओएसकाे संस्करण सार्वजनिक गर्ने भएकाे छ ।

केही वर्षअघिसम्म एन्ड्रोइड डिभाइस उत्पादनमा अग्रणी कम्पनी रहेको ह्वावे हाल आफ्नै अपरेटिङ सिस्टम विस्तारमा व्यस्त छ । ह्वावेकाे इन-हाउस डेभलपमेन्ट रहेकाे याे अपरेटिङ सिस्टम स्मार्टफाेन र स्मार्ट डिभाइसका लागि प्रयाेग गर्न सकिन्छ ।

नयाँ ओएस अपडेट कुन कुन डिभाइसले पाउनेछन् भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन । तर ह्वावेका नयाँ स्मार्ट डिभाइस यो ओएससहित उपलब्ध हुने चर्चा छ ।

कार्यक्रममा ह्वावेले हार्मोनी ओएस थ्री भएको पहिलो स्मार्ट टिभी सार्वजनिक हुनेछ । साथै मेटबुक एक्स प्रो, मेटप्याड प्रो ट्याब्लेट लगायतका डिभाइस पनि नयाँ ओएससहित सार्वजनिक हुने चर्चा छ ।

हाल ३० करोडभन्दा बढी डिभाइसमा हार्मोनी अपरेटिङ सिस्टमबाट सञ्चालन भइरहेकाे कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३