टेकपाना
साउन ११, २०७९ १४:५५
काठमाडौं । साओमीको रेड्मी बड्स थ्री लाइट नेपाली बजारमा पनि सार्वजनिक भएको छ ।
एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ लगायतका सुविधासहित सार्वजनिक भएको यो बड्समा टच अपरेसनदेखि नोइज क्यान्सलेसन सम्मका फिचर छन् ।
रेड्मीको बडस् थ्री लाइटको तौल ३५ ग्रामभन्दा कम छ भने स्पष्ट ईन–कल अडियो अनुभवको लागि ब्लुटुथ ५.२ उपलब्ध गराइएको छ ।
नेपाली बजारमा यसको मूल्य तीन हजार ३९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३