close

जीबोर्डमा नेपाली शब्द लेख्ने सजिलो तरिका

टेकपाना टेकपाना

साउन ११, २०७९ १९:३४

जीबोर्डमा नेपाली शब्द लेख्ने सजिलो तरिका

काठमाडौं । मोबाइल फोनमा नेपाली अक्षर टाइप गर्न खासै समस्या छैन । त्यसका लागि इन्टरनेटमा केही एप उपलब्ध छन् ।

हामीमध्ये कतिपयले फोनबाट नेपाली टाइप गर्न ‘हाम्रो कीबोर्ड’ अथवा ‘नेपाली कीबोर्ड’ जस्ता एप प्रयोग गरिरहेका छौं होला ।

अहिलेका प्रायः एन्ड्रोइड फोनमा गुगलको कीबोर्ड ‘जीबोर्ड’ प्रि-इन्स्टल भएर आएको हुन्छ । जीबोर्ड फोनमा पहिले नै इन्स्टल भएकाले अर्को कीबोर्ड प्रयोग गर्दा त्यसले बढी स्टोरेज खपत गरिरहेको हुन्छ ।

यदि फोनको स्टोरेज कम छ र जीबोर्डबाटै नेपाली टाइप गर्ने रहर छ भने तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

-सबैभन्दा पहिले मोबाइलको सेटिङ एपमा जानुहोस् ।

-त्यसपछि एडिस्नल सेटिङमा जानुहोस् ।

  • त्यसपछि ‘ल्याङ्ग्वेज एण्ड इन्पुट’मा ट्याप गर्नुहोस् ।

त्यसपछि त्यहाँ मेनेज कीबोर्डमा जानुहोस् । त्यसपछि सबैभन्दा माथि रहेको जीबोर्ड (Gboard) मा ट्याप गर्नुहोस् ।

(माथि उल्लेख भएका प्रक्रिया जीबोर्डसम्म पुग्ने प्रक्रिया हुन् । यो जीबोर्ड प्रि-इन्सटल भएको खण्डमा उपयोगी हुन्छ । यदि जीबोर्ड पछि डाउनलोड गर्नुभएको छ भने सोझै जीबोर्ड एपमा क्लिक गर्न सक्नुहुन्छ ।)

  • त्यसपछि सबैभन्दा माथि रहेको ल्याङ्ग्वेजको अप्सनमा जानुहोस् ।

-त्यसपछि एड कीबोर्डको अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि माथि रहेको सर्चबारमा नेपाल (Nepal) टाइप गर्नुभयो भने नेपाली (नेपाल) {Nepali (Nepal)} को अप्सनमा ट्याप गर्नुहोस् ।

-अब आफ्नो आवश्यकता अनुसार त्यहाँ भएका कीबोर्ड (युनिकोड, ट्रेडेस्नल, डाइनमिक) छान्नुहोस् ।

त्यसपछि तल ‘डन’ (Done) मा ट्याप गर्नुभयो भने तपाईंको कीबोर्डमा नेपाली भाषा जोडिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३