close

हराएको २२ अर्ब मूल्यको बिटक्वाइन खोज्न २ करोडको रोबोट कुकुर प्रयोग गर्दै एक युवा

टेकपाना टेकपाना

साउन १२, २०७९ १४:४४

हराएको २२ अर्ब मूल्यको बिटक्वाइन खोज्न २ करोडको रोबोट कुकुर प्रयोग गर्दै एक युवा

काठमाडाैं । हराएकाे आफ्नाे आठ हजार बिटक्वाइन खाेज्न एक युवाले कराेडाैं मूल्य पर्ने राेबाेट प्रयाेग गर्ने तयारी गरेका छन् ।

सन् २०१३ मा वेल्सका जेम्स हाेवेल्स नामका बिटक्वाइन प्रयाेगकर्ताले हार्डड्राइभमा भएकाे १७ कराेड ६० लाख डलर अर्थात् करिब साढे २२ अर्ब रूपैयाँ मूल्य बराबरकाे आठ हजार बिटक्वाइन फाेहाेर फाल्ने ठाउँमा गल्तीवश फ्याँकेका थिए ।

अहिले बिटक्वाइन फिर्ता लिन उनी नयाँ जुक्ति लिएर आएका छन् । अहिले ती बिटक्वाइन भएकाे हार्डड्राइभ वेल्सकाे न्युपोर्टस्थित ल्यान्डफिलमा जमिनमुनि गाडिएकाे छ ।

इन्साइडरसँगकाे नयाँ अन्तर्वातामा उनले हार्डड्राइभ पुन: प्राप्ति गर्न नयाँ व्यापार याेजना तयार पारेकाे सुनाएका छन् ।

यसअन्तर्गत उनले बोस्टन डाइनामिक्स कम्पनीका दुई रोबोटिक “स्पट” कुकुरहरू प्रयाेग गर्नेछन् ।

पहिलो पटक यस कम्पनीकाे रोबोटिक “स्पट” कुकुर सन् २०२० मा व्यावसायिक रूपमा उपलब्ध भएकाे थियाे, जसकाे मूल्य अहिले प्रति राेबाेट करिब ७५ हजार डलर (९५ लाख रूपैयाँ बढी) छ ।

हराएकाे बिटक्वाइन खाेज्न हाेवेल्सले विभिन्न क्षेत्रहरुका विशेषज्ञसहितकाे आफ्नाे नयाँ टिम बनाएका छन् ।

ड्राइभ खाेज्न ल्याण्डफिल्ड साइट उत्खनन् गर्नुपर्ने हुन्छ । तर, न्युपोर्ट सिटीकाे काउन्सिलले याे काम गर्न उनलाई अनुमति दिइरहेका छैन । याे पटक पनि अनुमति नपाए उनले अदालत जाने याेजना सुनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३