close

दैनिक टेलिकमको १५ रुपैयाँको भ्वाइस प्याक प्रयोग गर्छन् सञ्चारमन्त्री

टेकपाना टेकपाना

साउन १२, २०७९ १६:५१

दैनिक टेलिकमको १५ रुपैयाँको भ्वाइस प्याक प्रयोग गर्छन् सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दैनिक रुपमा नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको १५ रुपैयाँको भ्वाइस प्याक प्रयोग गर्ने गरेको पाइएको छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री कार्कीले सरकारी स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकमकाे भ्वाइस प्याक दैनिक रूपमा प्रयाेग गरिरहेकाे खुलाए ।

‘बिहान उठ्ने बित्तिकै *1415# ह्यास डायल गरी भ्वाइस प्याक लिन्छु । १५ रुपैयाँको यो प्याकमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म जति कल गर्दा पनि पुग्छ ।’

उनले याे प्याकेज अन्य सांसदहरुले पनि प्रयोग गुर्नपर्नेमा जाेड दिए ।

कार्यक्रममा सहभागी एक सांसदले कतै मन्त्री भएपछि मात्रै यो प्याकबारे जानकारी भएको त हाेइन भनेर सोधेका थिए ।

उक्त प्रश्नको जवाफमा कार्कीले पहिल्यैदेखि याे प्याक प्रयाेग गरिरहेकाे सुनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले आफूले पोस्टपेड अन्तर्गत मासिक ५९९ रुपैयाँ पर्ने प्याक प्रयोग गर्ने बताए ।

‘मैले मासिक रुपमा ५९९ रुपैयाँ पर्ने प्याक प्रयोग गर्दै आएको छु,’ सचिव अर्यालले भने, ‘यो प्याकमा अन-नेट अर्थात् नेपाल टेलिकमबाट टेलिकमकै नेटवर्कमा कल गर्न ४५० मिनेट, नेपाल टेलिकमबाट अर्को नेटवर्कमा कल गर्न ५० मिनेट र मासिक ६ जीबी डेटा समेत प्राप्त हुन्छ, जुन धेरै नै उपयोगी र सस्तोसमेत छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३