close

फ्रान्समा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

टेकपाना टेकपाना

साउन १५, २०७९ १३:४७

फ्रान्समा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

काठमाडौं । फ्रान्सस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न थालेकाे छ । दूतावासले गत बुधबारदेखि विद्युतीय राहदानीको आवेदन लिन थालेकाे हाे ।

राहदानीका लागि अनलाइन आवेदन फारम भर्ने समयमा नै सेवाग्राहीले दूतावासमा फारम बुझाउने मिति र समय छनौट गर्न सक्नेछन् ।

साथै राहदानीको लागि हुलाकमार्फत नभई अब सबै काम अनलाइन माध्यमबाट हुने दूतावासले जनाएको छ ।

फ्रान्समा रहेका नेपाली नागरिकले विद्युतीय राहदानी आवेदनसम्बन्धी थप प्रक्रिया बुझ्न याे वेबसाइट भिजिट गर्न सक्नेछन् ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३