close

पब्जी मोबाइल नेपाल सिरिज २०२२: सेमिफाइनलमा कुन-कुन टिम छानिए ?

टेकपाना टेकपाना

साउन १५, २०७९ १५:१४

पब्जी मोबाइल नेपाल सिरिज २०२२: सेमिफाइनलमा कुन-कुन टिम छानिए ?

काठमाडौँ । पब्जी मोबाइलले आयोजना गरेको ‘पब्जी मोबाइल नेपाल सिरिज २०२२’ को क्वाटर-फाइनल चरणका खेल सम्पन्न भएको छ । साउन ८ देखि छ दिनसम्म सञ्चालन भएकाे खेलमा कुल ६४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

क्वाटरफाइनल सम्पन्न भएसँगै सेमिफाइनलमा खेल्ने टोलीको पनि टुङ्गो लागेकाे छ । १६-१६ टिम गरी बनाइएको पहिलो ग्रुपबाट भेनम लेजेन्ड, डेडआइज गाइज, ओमगन ई-स्पोर्टस्, ब्ल्याक ई-स्पोर्टस्, फ्युचर गेमिङ र द इन्भिक्टस सेमिफाइलका लागि छानिएका छन् ।

त्यस्तै ग्रुप २ बाट विजेज क्लब, टीटुके, डीआरएस गेमिङ, भेन्टुनिज, टिम यूआरएल र ज्यानमारा ई-स्पोर्टस छानिएका छन् । ग्रुप ३ बाट भने इलिमेन्ट्रिक्स, इलुमिनेट क्रिउ, स्काइलाइट गेमिङ, टिम एक्ट्रिम, विल अफ डि र पर ब्रिलियन्सले सेमिफाइनल खेल्दैछन् ।

त्यस्तै अन्तिम ग्रुप अर्थात् ग्रुप ४ बाट रअ ई-स्पोर्टस, हाइ भोल्टेज, आइस अफिसियल, एचके मर्डर्स, डिएसइ ई-स्पोर्टस र सतनले सेमिफाइनलमा खेल्दैछन् ।

सेमिफाइनलमा क्वाटर फाइनलबाट आएका टिमहरुलाई पुनः ८-८ वटा टिम गरी चार समूहमा खेलाइने छ । जुन ३ दिनसम्म डबल राउन्ड रोबिन फर्म्याटमा हुनेछ र शीर्ष १६ टोलीले फाइनलमा दिनको ६ खेलको हिसाबले ३ दिनमा १८ खेल खेल्नेछन् ।

१८ खेल खेल्दा शीर्ष स्थानमा रहन सक्ने टिम पब्जी मोबाइल नेपाल सिरिज २०२२ को च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेता टिमले ३ लाख २० हजार नेपाली रुपैँया हात पार्नेछ ।

त्यस्तै उपविजेता र तेस्रो स्थानमा रहन सफल टिमले क्रमश: एक लाख ५० हजार र  एक लाख रूपैयाँ पाउनेछन् ।

यसबाहेक फाइनल पुग्न सफल १६ टोलीले नै केही रकम पुरस्कारको रुपमा पाउनेछन् । साथै शीर्ष दुई टिमले पब्जी मोबाइल नेसनल च्याम्पियनसिपको लागि डाइरेक्ट स्लट पनि पाउनेछन् ।

प्रतियोगिताको सेमिफाइनलको खेल साउन १६ देखि साउन १८ सम्म चल्नेछ । फाइनल चरणका खेल भने साउन २० देखि २२ गतेसम्म हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३