close

एसईई उत्तीर्ण विद्यार्थीलाई ईसेवाको बम्पर अफर, एक हजार जनाले निःशुल्क पढ्न पाउने

टेकपाना टेकपाना

साउन १६, २०७९ २१:५

एसईई उत्तीर्ण विद्यार्थीलाई ईसेवाको बम्पर अफर, एक हजार जनाले निःशुल्क पढ्न पाउने

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै बम्पर अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत एक हजार विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने कम्पनीले जनाएकाे छ ।

यसका लागि विद्यार्थीहरुले ईसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि ईसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफूले पढ्न चाहेको विषय रोज्नु पर्नेछ ।

यसका लागि विद्यार्थीले रु. १० तिरेर आवेदन दिन सक्नेछन् भने यसमा उनीहरुले १० प्रतिशत क्याशब्याक पाउनेछन ।

योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कशिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा याे वेबसाइटमा हेर्न सकिनेछ ।

विद्यार्थीले ईसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३