close

गितार सिक्न चाहनेका लागि उपयोगी ५ एप

टेकपाना टेकपाना

साउन १६, २०७९ १९:१६

गितार सिक्न चाहनेका लागि उपयोगी ५ एप

काठमाडौं । गितार हेर्दा जति सजिलो जस्तो लागे पनि कुशलपूर्वक बजाउन निश्चित कला चाहिन्छ । अन्य कामजस्तै यसमा पनि गहन अध्ययन र सीप चाहिन्छ ।

इच्छाशक्ति हुने हो भने केही समयभित्रै अब्बल पनि बन्न सकिन्छ । आज हामी इन्टरनेटमा उपलब्ध विभिन्न एपको सहायताले कसरी गितार बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

यदि तपाईं पूर्णरूपमा नयाँ हुनुहुन्छ भने पनि यी एप तपाईंका लागि बरदान बन्न सक्छन् ।

रियल गितार

रियल गितार एउटा गितार सिमुलेटर हो । यो इलेक्ट्रिक र अक्वेस्टिक दुवै गितारका लागि उपयुक्त हुन्छ । यदि तपाईंसँग इलेक्ट्रो-अक्वेस्टिक गितार छ भने झनै राम्राे भइहाल्यो ।

यो एपले मल्टिटच सपोर्ट गर्छ, जो कर्ड (तार) बजाउनका लागि निकै नै महत्त्वपूर्ण हुन्छ । तर, त्यसका लागि तपाईँको डिभाइसमा मल्टिटचको क्षमता हुनुपर्छ ।

त्योभन्दा पनि आकर्षक फिचर त के छ भने यसमा ट्र्याक समावेश भएका हुन्छन्, जसका माध्यमबाट आकर्षक धुन सिर्जना गर्न सकिन्छ ।

त्यस्तै याे एपमा एमपीथ्री रेकर्डिङकाे सुविधा पनि छ । यसका माध्यमबाट आफूले बनाएका धुनहरू बिना कुनै थर्ड पार्टी एपबिना आफ्नो डिभाइसमा सेभ गर्न सकिन्छ ।

यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्छन् ।

पर्फेक्ट इयर (Perfect Ear)

पर्फेक्ट इयर गितारमा मात्र आधारित एप होइन । यो गितार प्रयोग गरिरहेका वा गितार सिक्न चाहेका जोकोहीका लागि उपयुक्त हुन्छ । यसमा अन्य सांगीतिक धुन बजाउन सकिन्छ ।

समग्रमा भन्नुपर्दा यो एप हरेक संगीतकारका लागि आवश्यक सीप सिकाउन मद्दत गर्ने एप हो । पर्फेक्ट इयरमा दर्जनौं इन्टर्भल, स्केल, कर्ड र रिदम परीक्षण अभ्यास रहेका छन्, जसका माध्यमबाट संगीत सजिलै बुझ्न सकिन्छ ।

त्यस्तै यसमा साइट-रिडिङ, सटिक पिच, नोट गायन आदिका बारेमा सिकाउने परीक्षकहरू रहेका छन् । यदि तपाईंको गायनमा नोटसम्बन्धि समस्या छ भने यो एपको सहयोग लिन सक्नुहुन्छ ।

यदि त्यसभन्दा पनि गहन अध्ययन गरेर सङ्गीतमा केही गर्न चाहनुहुन्छ भने त्यसमा विभिन्न सङ्गीतका सिद्धान्तहरू समावेश छन् । यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्छन् ।

गितार ट्युना (Guitar Tuna)

गितार सिक्नका लागि इन्टरनेटमा हजारौं एप रहेका छन्, जसमा तपाईंका लागि उपयुक्त विकल्प गितार ट्युन हुनसक्छ । यसमा बास, युकुलेल, भायोलिन, सेलो, ब्यान्जो र अन्य लोकप्रिय स्ट्रिङ वाद्यवाज सिक्न सकिन्छ ।

यस एपमा तपाईंलाई आवश्यक परेका प्रायः डिभाइस समावेश भएकाले तपाईंले जुनसुकै वाद्यवादनका लागि तपाईंले गितार ट्युना प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंले गितारको कुनै पनि स्ट्रिङ तानेर छाड्नुभयो भने एपले माइक्रोफोनका माध्यमबाट सो धुन सुन्छ । त्यसपछि सो धुन कुन नोटमा बजेको छ भन्ने देख्न सकिन्छ ।

त्यसैले यो गितार सिकारुहरूका लागि उपयुक्त एप हो । यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्छन् ।

स्मार्ट कर्ड (Smart Chord)

यदि तपाईं गितारिस्ट हुनुहुन्छ र तपाईंलाई त्यसका लागि आवश्यक सबै कुरै एउटै एपमा चाहिएका छन् भने स्मार्ट कर्ड उपयुक्त विकल्प हुनसक्छ ।

पहिले गितार सिक्न चाहनेहरूका लागि विभिन्न फिङ्गररिङ्ग्स र कर्ड मात्र भएको यो एप अहिले विस्तार हुँदै स्तरीय गितार सिक्नेहरूका लागि उपयुक्त भएको छ ।

यसमा भएको रिभर्स कर्ड फाइन्डर संगीतमा प्रयोग भएका कर्डबारे जानकारी पाउन प्रयोग गर्न सकिन्छ । त्यस्तै यसमा टोन डिटरमिनेसनको फिचर पनि समावेश छ, जसले सयौं प्रिडिफाइन ट्युनहरू समेटेको छ ।

त्यस्तै यसमा दर्जनौं विभिन्न स्केल, आधारभूत मेट्रिननम, र भर्चुअल गितार समावेश छ ।

यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्नेछन् ।

जस्टिन गितार

गितार सिक्नका लागि जस्टिन गितार एक उपयुक्त विकल्प हो । प्रायः सिकारु गितारिस्टले यो साइटको बारेमा त कही नै कही यसको नाम सुनेकै होलान् ।

यस वेबसाइटमा गितारसँग सम्बन्धित सयौँ पाठहरू समावेश छन् । जसलाई जस्टिन स्यानडेको होस्ट गरेका छन् । स्यान्डेकोमा त्यस्तो खुबी छ, जसले धुनलाई साधारण बनाएर सरल तरिकाले सिकाउन सक्छन् ।

यो एपमा ट्युनर, भिडिओ ट्युटोरियल, अन्तर्क्रियात्मक अभ्यास, र सटिक कर्ड प्रयोग भएका सयौँ गीत उपलब्ध छन् । यस एपका माध्यमबाट तपाईंले आफ्नो प्रगति कति भयो भन्ने कुराको जाँचसमेत गर्न सक्नुहुन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट एप डाउनलोड गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३