टेकपाना
साउन १७, २०७९ १८:४३
काठमाडौं । घोषणा गरेको एक वर्षपछि साओमीले आफ्नो स्मार्टग्लास (चस्मा) सार्वजनिक गरेको छ ।
‘मिजिया ग्लासेस’ नाम दिइएको यो स्मार्टग्लासमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ८ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा पनि छ ।
सुरूवाती चरणमा चिनियाँ बजारमा उपलब्ध हुने याे स्मार्टग्लासकाे क्यामेराबाट प्रयोगकर्ताले १०० मिनेटसम्मको भिडिओ रेकर्ड गर्नसक्ने बताइएकाे छ ।
स्मार्टग्लासमा क्वालकमको स्न्यापड्रागन ८ कोर चिपसेट प्रयोग गरिएको छ भने यसमा ३ जीबी र्याम र ३२ जीबीको स्टोरेज उपलब्ध छ ।
यसमा १० वाटको फास्ट चार्जिङ सहितको १,०२० एमएएचको ब्याट्री छ, जुन ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले दाबी गरेकाे छ ।
चिनियाँ बजारमा यो चस्माको मूल्य २,४९९ यूआन (करिब ४६ हजार रुपैयाँ) रहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३