close

१०८ मेगापिक्सेल क्यामेरा भएको साओमी १२ लाइट नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ ८, २०७९ २२:२

१०८ मेगापिक्सेल क्यामेरा भएको साओमी १२ लाइट नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौँ । नेपाली बजारमा साओमी १२ लाइट सार्वजनिक भएको छ । कम्पनीले बुधबारदेखि यो अल्ट्रा स्लिम फाइभजी स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो ।

सा‌ओमी १२ सिरिज अन्तर्गतको चौंथौ मोडलका रूपमा रहेको लाइट संस्करण पातलो र हलुका छ ।

यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा र २ मेगािपक्सेलको म्याक्रो क्यामरा छ । तीनवटा क्यामराको वरपर मेटल रिङ्ग देख्न सकिन्छ ।

त्यस्तै फाेनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

१९ ओटा टेम्पलेट सहितको ‘भ्लग मोड’बाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा ‘वान क्लिक एआई’ र र अन्य थुप्रै सिनेम्याटिक फिल्टर उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

स्न्यापड्रागन ७७८जी चिपसेटरहेकाे फाेनले फ्ल्यागशिप सरहको फाइभजी पर्फर्मेन्स प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउने कम्पनीकाे भनाइ छ ।

फाेनमा ४३०० एमएएचको ब्याट्री दिइएकाे छ, जुन ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएकाे छ ।

त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्ने उल्लेख गरिएकाे छ ।

६.५५ इन्चको एमोलेड डिस्प्लेसहित उपलब्ध फोनमा HDR10± र डल्बी भिजन दुवै छ । साथै यसमा ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेट लगायतका विशेषता छन् ।

त्यस्तै आँखामा भार कम गर्न यसमा ‘सन लाइट मोड ३.०’, ‘रिडिङ मोड ३.०’ र ‘ट्रु डिस्प्ले’ राखिएको छ ।

साथै डुअल स्टेरियो स्पिकर र डल्बी एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीकाे विश्वास छ ।

६+१२८ जीबी र ८+१२८ जीबी स्टोरेज गरी दुई विकल्पमा आउने साओमी १२ लाइट हरियो, गुलाबी र कालो रंगमा उपलब्ध छ ।

यसको मूल्य ६+१२८ जीबी भेरियन्टकाे ५० हजार ९९९ रूपैयाँ र ८+१२८ जीबी भेरियन्टकाे ५३ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३