close

गोदरेजको आकर्षक अफर, विद्युतीय सामग्री खरिदमा क्याश ब्याकसँगै आकर्षक उपहार पाइने

टेकपाना टेकपाना

भदौ १०, २०७९ १७:४२

गोदरेजको आकर्षक अफर, विद्युतीय सामग्री खरिदमा क्याश ब्याकसँगै आकर्षक उपहार पाइने

काठमाडौं । भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले दशैं तिहारलाई लक्षित गर्दै ‘क्यास सर्प्राइज’ योजना सार्वजनिक गरेको छ । कम्पनीले गोदरेजका होम अप्लायन्स खरिद गर्दा आकर्षक क्याश ब्याक र उपहार उपलब्ध गराउने भएको हो ।

यो योजनाबाट ९ भाद्रदेखि सीमित अवधिका नेपालभरका ग्राहकले लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले हरेक गोदरेजको सामान खरिदमा २६ प्रतिशत सम्म छुट र आकर्षक उपहार पाउन सक्नेछन् ।

फ्रन्ट लोड वाशिङ मसिनको खरिदमा आकर्षक छुटका साथै छ केजी सर्फ एक्सेलम्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मसिन खरिदमा आकर्षक छुटका साथै तीन केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ । साथै सेमी अटोमेटिक वाशिङ मसिनको खरिदमा दुई केजी सर्फ एक्सेलम्याटिक वाशिङ पाउडर पाउनुका साथै माइक्रो वेभ ओभनमा आकर्षक छुटको व्यवस्था गरिएको छ । 

त्यस्तै रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाइरो शिल्ड खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ । साथै एसीमा आकर्षक छुट र चार हजार रुपैयाँ बराबरको एसी जडान सुविधा निःशुल्क पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन सहित शून्य प्रतिशत फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।

कम्पनीको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालभर गोदरेजका बिक्रेताहरू रहेका छन् । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सीजी डिजिटल शोरुमहरू काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धरा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा र भरतपुरमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३