close

फ्रिक्वेन्सी पाएसँगै फाइभजी नेटवर्क निर्माणमा जुट्यो अडानी ग्रुप

टेकपाना टेकपाना

भदौ १२, २०७९ १२:२४

फ्रिक्वेन्सी पाएसँगै फाइभजी नेटवर्क निर्माणमा जुट्यो अडानी ग्रुप

काठमाडौं । भारतमा हालै सम्पन्न फाइभजी फ्रिक्वेन्सीको अक्सनमा गैरदूरसञ्चार कम्पनीको रुपमा अडानी ग्रुप अन्तर्गतको ‘अडानी डेटा नेटर्वकले’ फ्रिक्वेन्सी हात पारेको छ ।

याेसँगै अडानी ग्रुपले दूरसञ्चार क्षेत्रमा सेवा विस्तार गर्न विभिन्न व्यावसायिक साझेदारसँग छलफल अगाडि बढाएकाे छ । कम्पनीले एयरटेल, भोडाफोनसँग काम गरिरहेका भेन्डर नोकिया तथा एरिक्सनसँग बिजनेश-टु-बिजनेट (बीटुबी) फाइभजी नेटवर्कका लागि छलफल गरेको भारतीय सञ्चारमाध्यमले  जनाएका छन् ।

अडानी ग्रुपले बोलकबोलबाट कुल २१२ करोड बराबरको कुल २६ गिगाहर्ज फ्रिक्वेन्सी हात पारेको थियो । उक्त फ्रिक्वेन्सीमार्फत व्यवसायलाई लक्षित गर्दै फाइभजी सेवा उपल्ब्ध गराउने जनाइएको छ ।

यसको अर्थ अडानी ग्रुपले उपलब्ध गराउने फाइभजी आम प्रयोगकर्तालाई भने उपलब्ध हुने छैन । यस्तोमा फाइभजी विस्तारका लागि नोकियासँगको छलफललाई प्रमुख रुपमा हेरिएको छ, जसलाई मुम्बई र गुजरातमा फाइभजी रोलआउटकाे जिम्मा दिने तयारी भइरहेको छ ।

हाल दुवै स्थानका लागि अडानी ग्रुपसँग १००-१०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध रहेको छ । भने, कर्नाटाका, तमिलनाडुमा ५०-५० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३