close

अब खल्ती वालेटबाटै मन्टेसरीको शुल्क तिर्न सकिने 

टेकपाना टेकपाना

भदौ १२, २०७९ १२:३९

अब खल्ती वालेटबाटै मन्टेसरीको शुल्क तिर्न सकिने 

काठमाडौं । खल्तीले आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) सँग साझेदारी गरेको छ। यससँगै अब अपेनसँग आवद्ध रहेका ६०० भन्दा बढी मन्टेसरीहरूले नवीकरण शुल्क तथा कार्यक्रम शुल्क खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् ।

साथै अपेनसँग जोडिन चाहने मन्टेसरीहरूले पनि अपेनको रजिस्ट्रेसन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् । खल्तीले अपेनसँग आबद्ध रहेका हरेक मन्टेसरीहरूलाई डिजिटल शुल्क सङ्कलनको सुविधा पनि प्रदान गरेको छ ।

जसअनुसार अब अपेनसँग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मन्टेसरीहरूले नि:शुल्क रूपमा डिजिटल शुल्क सङ्कलन गर्न सक्नेछन् । साथै उनीहरूले निःशुल्क ५०० ओटा एसएमएसको फाइदा पनि लिन सक्ने खल्तीले जनाएको छ । 

अपेन एक गैर नाफामुखी संस्था हो । जसले सामान्यतया अभिभावकको भूमिका निर्वाह गर्दै प्रि-स्कुललाई आवश्यक मार्गदर्शन र परामर्श प्रदान गर्दै आएको छ ।

साथै बालबालिका, शिक्षक र प्रिन्सिपलहरूलाई विभिन्न अभिमुखिकरण, स्टेज कार्यक्रम र प्रेरक कार्यक्रमहरू मार्फत अघि बढ्न प्रेरित गर्छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का यो साझेदारीसँगै अपेनसँगको सहकार्यमा डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाएको बताए ।

यो एउटा महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले यसबाट परम्परागत शुल्क सङ्कलन प्रणालीलाई डिजिटलाइज गर्दै शैक्षिक क्षेत्रको वित्तीय कारोबार अझै सरल र सुरक्षित बनाउने विश्वास व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३