close

दशैँसम्म नआउने भए आईफोन, वनप्लस लगायत ३०० डलरभन्दा महँगा मोबाइल

टेकपाना टेकपाना

भदौ १४, २०७९ २०:१

दशैँसम्म नआउने भए आईफोन, वनप्लस लगायत ३०० डलरभन्दा महँगा मोबाइल

काठमाडौं । सरकारले महँगा मोबाइल आयातमाथिको प्रतिबन्ध थप लम्ब्याएको छ । राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकारले आगामी असोज २८ गतेसम्म आयात प्रतिबन्ध लम्ब्याएको हो ।

यससँगै आईफोन लगायतका ३०० अमेरिकी डलरमाथिका मोबाइल दशैँ अघि नेपाल भित्रिने वैधानिक बाटो बन्द भएको छ ।  सरकारको नयाँ निर्णय अनुसार ३०० अमेरिकी डलरमाथिका मोबाइलका साथै कार, जिप, भ्यान, लगायतका सवारी साधन, १५० सीसी माथिका मोटरसाइकल र तयारी मदिरा आयात गर्न पाइने छैन ।

तर कुरकुरे, कुरमुरे, लेज जस्ता वस्तुहरू, हिरा, रङ्गिन टिभी, खेलौना, तास जस्ता वस्तुहरूको आयात भने खुलेको छ । सरकारले विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएको भन्दै वैशाख १४ देखि दश प्रकारका वस्तुको आयात माथि यस किसिमको प्रतिबन्ध लगाउन सुरु गरेको हो ।

वैशाख १३ गते ६०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा लगाएको प्रतिबन्धको सीमा विस्तार गर्दै सरकारले साउन १ देखि ३०० अमेरिकी डलर माथिका मोबाइल आयातमाथि प्रतिबन्ध लगाएको हो ।

सरकारको यस किसिमको आयात प्रतिबन्धको असर सबैभन्दा धेरै आईफोन र वनप्लस ब्रान्डमाथि परेको छ । साथै अन्य ब्रान्डका मिडरेञ्ज तथा फ्ल्यागशिप स्मार्टफोनको आयात समेत करिब चार महिनादेखि ठप्प प्रायः छ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३