close

के आईफोन १३ प्रो म्याक्स भन्दा साओमी १२ एस अल्ट्राको क्यामेरा राम्रो छ ?

टेकपाना टेकपाना

भदौ २०, २०७९ १८:१६

के आईफोन १३ प्रो म्याक्स भन्दा साओमी १२ एस अल्ट्राको क्यामेरा राम्रो छ ?

काठमाडौं । मोबाइल क्यामेराको विषयमा कुरा गर्ने हो भने प्रायजसो आईफोनको क्यामेरालाई उत्कृष्ट मान्ने गरिन्छ ।  तर डीएक्सओमार्कले हालै गरेको एक अध्ययनमा आईफोन १३ प्रो म्याक्सभन्दा साओमी १२ एस अल्ट्राको क्यामेरा राम्रो रहेको पाइएको छ ।

जुलाईको सुरुमा नै साओमीले आफ्नो १२ एस सिरिजको स्मार्टफोनहरू; साओमी १२ एस, साओमी १२ एस प्रो र साओमी १२ एस अल्ट्रा सार्वजनिक गरेको थियो ।

यीमध्ये साओमी १२ एस अल्ट्राको क्यामेराले भने उत्कृष्ट क्यामेराको उपाधि पाएको छ । साओमीको यो सिरिजको फोनमा स्न्यापड्रागनको ८ प्लस जेन १ प्रोसेसर र लाइकासँगको सहकार्यमा तयार गरेको क्यामेरा उपलब्ध छ ।

यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । डिभाइसमा उपलब्ध क्यामेराहरुको मूल्याङ्कन गर्ने कम्पनी डिएक्सओमार्कको यो पटकको मूल्याङ्कनमा आईफोन भन्दा पनि साओमीको १२ एस अल्ट्रा उत्कृष्ट ठहरिएको छ ।

साओमी १२ एस अल्ट्राको क्यामेराले कुल १३८ नम्बर प्राप्त गरेको छ । जबकी आईफोन १३ प्रो म्याक्सले कुल १३७ नम्बर मात्र प्राप्त गरेको छ ।

यति हुँदाहुँदै पनि साओमी १२ एस अल्ट्र उत्कृष्ट क्यामेरा भएको फोनको सूचीमा पाँचौं नम्बरमा पर्छ ।

डीएक्सओमार्को उत्कृष्ट क्यामेरा भएको स्मार्टफोनको सूचीमा पहिलो स्थानमा १४६ अंकसहित अनर म्याजिक ४ अल्टिमेट, दोस्रो स्थानमा १४४ अंक सहित ह्वावे पी५० प्रो, तेस्रो स्थानमा १४३ अंक सहित साओमी मी ११ अल्ट्रा र चौथौं स्थानमा १३९ अंक सहित ह्वावे मेट ४० प्रो प्लस रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३