close

बुङ्गमती घुम्न सघाउने मोबाइल एप

टेकपाना टेकपाना

भदौ २०, २०७९ १७:५१

बुङ्गमती घुम्न सघाउने मोबाइल एप

ललितपुर । ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको पुरानो बस्ती बुङ्गमती घुम्न सघाउने मोबाइल एप तयार भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २२ मा पर्ने पुरानो बस्ती बुङ्गमती घुम्ने पर्यटकको सहजताका लागि पर्य-सम्पदा परियोजनाअन्तर्गत ‘Bungamati’ नामक एप तयार गरिएको हो ।

एपमार्फत बुङ्गमती भित्रका ४० भन्दा बढी मूर्त सम्पदाबारे जानकारी प्राप्त गर्न सकिनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानो सम्पदा बस्ती बुझ्न र घुम्न सजिलो बनाउने अपेक्षा गरिएको छ ।

यो सम्पदा बस्तीले प्रविधि अपनाएर सुरु गरेको नयाँ प्रयास हो । यस एपमा अहिले बुङ्गमतीको नक्सासँगै बस्तीभित्र रहेका घुम्नैपर्ने ठाउँका तस्वीरसहित संक्षिप्त जानकारी समावेश गरिएको छ ।

यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै बुङ्गमतीका धार्मिक एवं साँस्कृतिक सम्पदासँगै विभिन्न चाडपर्व, रीतिरिवाजलगायत विस्तृत जानकारीका लागि वेबपोर्टलमा क्लिक गरेर हेर्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३