काठमाडौं । मेगा बैंक लिमिटेडकाे नाम र लोगो दुरुपयोग गरी फेसबुक, ह्वाट्सएप, भाइबर लगायत स्वदेशी तथा विदेशी नम्बरहरूबाट कल तथा मेसेज गरी ठगी भइरहेको पाइएकाे छ ।
एक सूचना जारी गर्दै बैंकले विभिन्न सामाजिक सञ्जालमा बैंकको नाममा विभिन्न प्रलोभन देखाउँदै ठगी गर्ने अभिप्रायले बैंक खातामा रकम जम्मा गर्न लगाउने प्रवृत्ति बढेको पाइएकाले त्यस्ता गतिविधि वा प्रलोभनमा नपर्न आग्रह गरेको छ ।
यस्ता कार्यबाट जोगिन बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका भेरिफाइड अकाउन्टबाट मात्र आवश्यक जानकारी/सूचना लिन बैंकले आग्रह गरेको छ ।
साथै बैंकले ग्राहकलाई अनधिकृत सञ्जालमा आफ्ना कुनै पनि विवरण, सूचना उपलब्ध नगराउन समेत सचेत गराएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
