close

सोमबारदेखि आईओएस १६ उपलब्ध गर्दै एप्पल

टेकपाना टेकपाना

भदौ २४, २०७९ ८:५२

सोमबारदेखि आईओएस १६ उपलब्ध गर्दै एप्पल

काठमाडौं । आईफोन १४ सिरिज सार्वजनिक भएसँगै एप्पलले आईओएस १६ उपलब्ध गराउने घोषणा गरेको छ ।

कम्पनीले सोमबारदेखि आईफोन मोडेलका लागि नयाँ अपडेट आईओएस १६ उपलब्ध गराउने भएको हो ।

त्यसैगरी एप्पलले स्मार्टवाचका लागि वाचओएस ९ समेत सार्वजनिक गर्ने जनाएको छ ।

तपाईँले आफ्नो एप्पल स्मार्टवाचलाई वाचओएस ९ मा अपडेट गर्न फोनलाई आईओएस १६ मा अपडेट गर्नुपर्ने हुन्छ ।

आईओएस १६ र वाचओएस ९ गत जुन महिनामा एप्पलको एन्नुअल डेभलपर कन्फेरेन्समा सार्वजनिक गरेको थियो ।

उक्त अपडेटमा के के फिचर भन्ने विषयमा थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३