close

आईटीमा निजी क्षेत्र र सरकारबीच सहकार्य हुन सके नेपालको भविष्य उज्ज्वल छः प्रचण्ड

टेकपाना टेकपाना

भदौ २३, २०७९ २१:१५

आईटीमा निजी क्षेत्र र सरकारबीच सहकार्य हुन सके नेपालको भविष्य उज्ज्वल छः प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अबको समयमा भौतिक पूर्वाधार मात्र नभएर डिजिटल पूर्वाधार समेत महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घले बिहीबार राजधानीमा आयोजना गरेको नेपाल पूर्वाधार समिट २०२२ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

“नेपालमा आईटी कलेज र विकसित देशसँग उनीहरूका प्रतिभाले प्रतिस्पर्धा गरेका परियोजनाले हेर्दा म उत्साहित भएको थिएँ,” उनले भने, “यो क्षेत्रमा सरकार र निजी क्षेत्रको सहकार्य हुन सके हाम्रो भविष्य उज्ज्वल छ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३