close

केबलबाटै १० जीबीपीएस गतिको इन्टरनेट !

टेकपाना टेकपाना

भदौ २७, २०७९ १८:४८

केबलबाटै १० जीबीपीएस गतिको इन्टरनेट !

काठमाडौं । करिब दुई वर्षको परीक्षणपछि कोमकास्ट केबलमार्फत धेरै गिगाबिट स्पिडको इन्टरनेट उपलब्ध गराउने दिशामा एक कदम अगाडि बढेको छ ।

यसै साता कम्पनीले नयाँ सेवा विस्तारको कार्य सुरुवात गरेको छ, जसले पाँच करोड अमेरिकी घरधुरीलाई सन् २०२५ सम्म दुई जीबीपीएस गतिको इन्टरनेट उपभोग गर्ने अवस्थामा पुर्‍याउने छ ।

कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमार्फत यसै वर्षभित्र देशभरका ३४ सहरमा बहु गिगाबिट इन्टरनेट प्याकेजहरू उपलब्ध गराउने बताएको छ । जसका लागि अगस्टा, कोलोराडो स्प्रिङ्ग्स, पानामा सिटी बिच र फिलाडेल्फियामा प्रारम्भिक रोलआउट जारी छ ।

ग्राहकले दुई गुणा गिगाबिटको इन्टरनेट सेवा खरिद नगरेपनि अपलोड स्पिडमा सुधार देख्नसक्ने बताइएको छ ।

उदाहरणका रूपमा कोलोराडो स्प्रिङ्ग्समा केही टायरहरूले यसअघि भन्दा १० गुणा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने कोमकास्टले उल्लेख गरेको छ ।

दुई गुणाको यो गिगाबिट योजनाले ग्राहकलाई प्रारम्भिक चरणमा फाइल अपलोड २०० एमबीपीएसमा सीमित गर्नेछ । यद्यपि सन् २०२३ को सुरुवात देखि बहु गिगाबिट (मल्टी गिगाबिट) स्पिड सम्भव हुनेछ ।

यो प्रविधिलाई डक्सिस ४.० नाम दिइएको छ । कोमकास्ट विगत केही वर्षदेखि स्ट्यान्डर्ड रूपान्तरणमा लागि परेको छ ।

उक्त कार्य सम्पन्न भएपश्चात यो नेटवर्कले उही कनेक्सनमा १० जीबीपीएस डाउनलोड तथा ६ जीबीपीएस अपलोड उपलब्ध गराउनेछ । जब कि फाइबर अप्टिक केबल इन्टरनेटको तुलनामा केबल इन्टरनेट ऐतिहासिक रूपले पछाडि परेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४