close

एनआईसी एसिया बैंकका ग्राहकले दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने

टेकपाना टेकपाना

भदौ २८, २०७९ १४:७

एनआईसी एसिया बैंकका ग्राहकले दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले दराज ई-कमर्सबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

ग्राहकले भदौ २९ देखि असोज ११ गतेसम्म दराजमा एनआईसीको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा छुट पाउने भएका हुन् ।

यसअन्तर्गत डेबिट कार्डबाट सामान खरिद गर्दा १५ प्रतिशत वा रू. २,००० सम्म छुट र क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा रू. २,५०० सम्मको छुट उपलब्ध हुनेछ ।

आफ्नो कार्डमा ई-कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘आईसर्भ’मार्फत एवं एपमार्फत सोझै याे सुविधा प्रयाेग गर्न सकिने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४