close

१० मोडेलका विद्युतीय मोटरसाइकल ल्याउने होन्डाको घोषणा

टेकपाना टेकपाना

भदौ २९, २०७९ ११:०

१० मोडेलका विद्युतीय मोटरसाइकल ल्याउने होन्डाको घोषणा

काठमाडौं । विश्वको सबैभन्दा ठूलो मोटसाइकल निर्माता कम्पनी होन्डाले पनि विद्युतीय सवारी सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै सन् २०२५ सम्म १० वा सो भन्दा बढी मोडेलको विद्युतीय मोटरसाइकल बजारमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

कम्पनीले विज्ञप्ति मार्फत नै ११ फरक मोडेलका मोटरसाइकलको तस्वीर पनि सार्वजनिक गरेको छ । कम्पनीले तीन ठूला आकारका मोटरसाइकल जापान, अमेरिका र युरोपमा २०२४ र २०२५ को बीचमा सार्वजनिक गर्ने बताएको छ ।

त्यस्तै साना आकारका मोटरसाइकलमा पनि कम्पनीले काम गरिरहेको र सन् २०२५ को अन्त्यसम्ममा सार्वजनिक गर्ने बताइएको छ । यद्यपि कम्पनीले इन्धनयुक्त सवारी निर्माणलाई भने निरन्तरता दिने उल्लेख गरेको छ ।

इन्धनयुक्त भएपनि वातावरणलाई कम असर पार्ने गर निर्माण गरिने कम्पनीको भनाई छ । कम्पनीले सन् २०४० सम्म आफ्ना उत्पादनहरूलाई कार्बन न्युट्रल अर्थात् शून्य कार्बन उत्सर्जन र सन् २०३० सम्म आफ्नो मोटरसाइकलको कूल बिक्रीको १५ प्रतिशत हिस्सा विद्युतीय कायम गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४