close

खल्तीलाई डिजिटल अपर्चुनिटी/इनक्लुजन अवार्ड 

टेकपाना टेकपाना

भदौ ३०, २०७९ २०:५८

खल्तीलाई डिजिटल अपर्चुनिटी/इनक्लुजन अवार्ड 

काठमाडौं । द वर्ल्ड इनोभेसन, टेक्नोलोजी एण्ड सर्भिस अलाइन्स (विट्सा- WITSA) ले आयोजना गरेको विट्सा अवार्ड कार्यक्रममा नेपालको डिजिटल भुक्तानी प्रणाली ‘खल्ती’ ले डिजिटल अपर्चुनिटी/इन्क्लुजन (Digital Opportunity/Inclusion) अवार्ड जितेको छ । 

विट्साले मार्च २३ मा विश्वभरबाट विभिन्न व्यक्तिगत तथा संस्थागत प्रविधि कम्पनी, शैक्षिक संस्था, सरकारी कार्यलयहरूलाई आवेदन दिन आह्वान गरेको थियो । यसै अन्तर्गत नेपालको डिजिटल भुक्तानी प्रणाली खल्तीले ‘डिजिटल अपर्चुनिटी/इनक्लुजन अवार्डका लागि आवेदन दिएको थियो । विभिन्न संस्थाबाट आवेदन आएर नतिजाका लागि प्रविधि, सूचना तथा सञ्चार विज्ञलाई निर्णायकका रूपमा राखेर विट्साले  नतिजाको तयारी गरेको थियो । यो अवार्डमा ८० भन्दा बढि देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।  

मलेसियामा सेप्टेम्बर १३ देखि १५ सम्म आयोजना भएको विट्सा ग्लोबल इनोभेसन एण्ड एक्सिलेन्स अवार्ड २०२२ अन्तर्गत खल्ती डिजिटलले अपर्चुनिटी /इन्क्लुजन अवार्ड प्राप्त गर्न सफल भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४