close

एक महिनासम्मका लागि भ्वाइस, डेटा र एसएमएस प्याकसहित टेलिकमको 'सजिलो प्रिपेड कम्बो अफर'

टेकपाना टेकपाना

असोज ६, २०७९ ९:४३

एक महिनासम्मका लागि भ्वाइस, डेटा र एसएमएस प्याकसहित टेलिकमको 'सजिलो प्रिपेड कम्बो अफर'

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि 'सजिलो प्रिपेड कम्बो अफर' ल्याएकोे छ ।

प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डेटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफरअन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) ओटा सन्देश पठाउन सकिने सुविधा छ ।

रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डेटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) ओटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डेटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) ओटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफर अन्तर्गत रु. ६९९ मा २८ जीबी (दैनिक १ जीबी) डेटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) ओटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देशमात्र पठाउनुपर्ने ग्राहकका लागि रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० ओटा र रु. ६० मा जम्मा ३०० ओटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

आफ्नो मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०७९ ९:४३