close

भारतको महाराष्ट्रमा सरकारी कर्मचारीले फोनमा 'हेलो' होइन वन्दे मातरम भन्नुपर्ने

टेकपाना टेकपाना

असोज १६, २०७९ १६:१४

भारतको महाराष्ट्रमा सरकारी कर्मचारीले फोनमा 'हेलो' होइन वन्दे मातरम भन्नुपर्ने

काठमाडाै‌ं । छिमेकी देश भारतकाे महाराष्ट्र राज्यमा सरकारी कर्मचारीले फोन उठाउँदा हेलो भन्न नपाउने नियम लागु भएको छ । महाराष्ट्र सरकारले अबदेखि सो राज्यको सरकारी कर्मचारीले 'हेलो' को साटो 'वन्दे मातरम' भन्नुपर्ने नयाँ नियम लागु गरेको हो । पश्चिमा संस्कृतिको अनुकरण गरेकाे भन्दै शनिबार एकनाथ शिन्देको नेतृत्वमा रहेको सरकारले सरकारी सूचना जारी गरी उक्त निर्देशन दिएकाे हाे ।

सो निर्देशन अनुसार अब सरकारी वा सरकारी कार्यालयको मातहतमा रहेको संघसंस्थाहरूमा कार्यरत कर्मचारीले नागरिक वा सरकारी कर्मचारीको टेलिफोन वा मोबाइल फोनमा ‘हेलो’ को सट्टा ‘वन्दे मातरम्’ भन्नु पर्नेछ । यस बाहेक अब सरकारी अधिकारीहरूले भेट्न आउने मानिसहरूलाई अभिवादनका रूपमा ‘वन्दे मातरम्’ भन्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

तर अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) ले भने सरकारकाे याे कदमलाई जनताका वास्तविक मुद्दाहरूबाट अलग रहन नयाँ नाटक सिर्जना गरेकाे आराेप लगाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ १६:५३