close

विद्यार्थीलाई उपयोगी ८ वेबसाइट

टेकपाना टेकपाना

असोज १९, २०७९ ७:९

विद्यार्थीलाई उपयोगी ८ वेबसाइट

काठमाडौं । विद्यार्थीलाई अध्ययनका क्रममा विभिन्न शैक्षिक सामग्रीहरूको आवश्यकता परिरहेको हुन्छ । पहिले पहिले यसका लागि पुस्तकालय अथवा शिक्षक–शिक्षिकाहरूले कहाँ जानुको कुनै विकल्प थिएन । तर आज हामीसँग इन्टरनेटको सहज उपलब्धताका कारण यो अवस्थाको अन्त्य भएको छ । इन्टरनेटको प्रयोगबाट हामीलाई आवश्यक पर्ने सामग्री सहजै भेटाउन सक्छौं ।

अहिलेको अवस्थामा कुनै पनि समस्याको समाधान इन्टरनेटमा छ । तर, त्यसका लागि उपयुक्त वेबसाइट र कन्टेन्ट छनोट सबैभन्दा महत्वपूर्ण विषय हो । विशेष गरी विद्यार्थीहरूलाई बाह्य क्रियाकलापका लागि कस्ता कन्टेन्ट र कुन वेबसाइट उपयुक्त हुन्छ भन्ने विषयमा यहाँ हामी जानकारी दिँदैछौ ।​

टेड क्स (TED Talks)

​यदि तपाईंलाई आफ्नो सृजना क्षमता अथवा विचारमा नयाँ उचाइ लिन मन छ भने यो वेबसाइट निकै सहयोगी हुनेछ । यसमा तपाईंले हजारौं भिडिओहरू र विभिन्न वक्ताहरूले बोलेका कुराहरू पाउन सक्नुहुन्छ । यस भएका सामग्रीहरू १०० भन्दा बढी भाषाहरूमा उपलब्ध छन् ।

पेपर राइटर (Paper Writer)

विद्यार्थीहरूलाई आफ्नो पाठ्यक्रम अनुसार विभिन्न शीर्षकमा लेख्नु पर्ने हुन्छ । त्यस बेला तपाईंलाई के लेख्ने कसरी लेख्ने भन्ने दुविधा सृजना हुनसक्छ । तपाईंको त्यो समस्याको समाधान यो वेबसाइट हुन सक्छ । व्यवसायिक रुपमा लेखिरहेका लेखकहरू र लेख्नका लागि आवश्यक व्यक्ति भेट गराउने माध्यम हो, पेपर राइटर । यहाँ तपाईंले प्रत्येक विषयमा लेख्न सक्ने लेखकहरू पाउन सक्नु हुन्छ । 

स्टडिफाइ (Studyfy)
विद्यार्थी जीवनमा लेखनको धेरै आवश्यक हुन्छ । जसोतसो लेखेको लेख पनि नराम्रो अथवा त्यसमा धेरै संशोधनको आवश्यकता परिरहेको हुन्छ । विद्यार्थीहरूमा लेखन सीपको विकास नभइसकेकाले सम्पादन र संशोधन झन् कष्टकर हुन जान्छ ।

तर विद्यार्थीहरूको यही समस्याको समाधान गर्नका लागि स्टडिफाइ एक विकल्पको रुपमा  आएको छ । यसमा निबन्ध, लेखका नमुनाहरू, लेखन गाइडहरू साथै निबन्ध सम्पादन जस्ता लेखन सीपमा तपाईंले जान्नुपर्ने अन्य धेरै पक्षहरूको विशाल संग्रह छ।

यी बाहेक यहाँ प्राय सबै विषयहरूका विशेषज्ञहरू छन् । जसले तपाईंले लेखेका लेखहरूको समीक्षा र सम्पादनमा मद्दत गर्न सक्छन्  ।​

कोर्सेरा (Coursera)

​घरमा नै बसेर विश्वमा ठूला विश्वविद्यालयको पाठ्यक्रम अध्ययन गर्न यो वेबसाइट निकै उपयोगी रहेको छ । यस वेबसाइटमा उत्कृष्ट विश्वविद्यालयका कोर्सहरू उपलब्ध छन् । जहाँ विद्यार्थीहरूले नयाँ सीप र विषयहरूमा ज्ञान लिन सक्छन् ।

ती कोर्सहरू अध्ययन गर्नका लागि साइन अप गर्नुपर्छ । त्यहाँ उपलब्ध अधिकांश कोर्सहरू निशुल्क रहेका छन् । तर तपाईंलाई प्रमाणपत्र चाहिन्छ भने भुक्तानी गर्नुपर्ने हुन्छ ।​

कपीलिक्स (Copeleaks)

विद्यार्थीले उत्कृष्ठ  नतिजाको अपेक्षा गर्दछ भने यसका लागि आफूले लेख्ने कुराहरू मौलिक हुनुपर्छ । नेपालमा पनि त्रिभुवन विश्वविद्यालयले बौद्धिक चोरीलाई निरुत्साहित गर्दै मौलिकतालाई बढाउन प्रयास  गरिरहेको छ ।  यो वेबसाइटले तपाईंलाई बौद्धिक चोरी गर्नबाट रोक्छ ।

तपाईंले लेखेका विभिन्न लेखहरूमा यस वेबसाइटले बौद्धिक चोरी जाँच गर्ने गर्दछ । लेख्दा तपाईंले विभिन्न स्रोतहरूबाट विषयवस्तु लिनु भएको हुन सक्दछ । जुन तपाईंले थाहा नै नपाई चोरी भएको हुने पनि गर्दछ । यस्तो अवस्थामा तपाईंलाई यो वेबसाइट निकै उपयोगी हुनेछ ।​

ग्रामरल्ली (Grammarly)

लेखनमा शुद्धता सबै भन्दा महत्त्वपूर्ण छ । यसले तपाईंको लेखलाई गुणस्तरीय बनाउने भूमिका खेल्छ । यसका लागि ग्रामरल्ली निकै नै  सहयोगी हुनेछ । यसले तपाईंको शुद्धता परिक्षण गर्नुका साथै तपाईंलाई आवश्यक सुझाव पनि दिने गर्छ । त्यो बाहेक यसले वाक्य संरचनामा पनि सहयोग गर्दछ ।

यदि तपाईं नेपालीमा टाइप गर्दा शुद्ध चाहनु हुन्छ भने हिज्जेले निकै मद्दत गर्ने छ ।

अर्काइभ (Archive)

विद्यार्थीलाई अध्ययनका क्रममा पुराना कुराहरूको आवश्यकता परिरहेको हुन्छ । चाहे त्यो लेख होस्, किताब होस् या अरु कुनै । आफूले चाहेको कुरा नपाउँदा त्यसले आफ्नो अध्ययनमा पनि प्रभाव पारिरहेको हुन्छ । यही कामका लागि अर्काइभ उपयोगी हुन सक्छ । यो एक डिजिटल संग्रालय हो । यसमा हामीले पुराना पुस्तक, चलचित्र, सफ्टवेयर, वेवसाइट, लेख आदि पाउँन सकिन्छ ।

क्यानभा (Canva)

विद्यार्थीले आफ्नो अध्ययनका क्रममा विभिन्न परियोजनाहरूमा काम गर्नुपर्छ । जसमा ग्राफिक्सको पनि आवश्यकता परिरहेको हुन्छ । त्यसका लागि क्यानभा निकै सहयोगी साबित हुनसक्छ ।  यस वेबसाइटमा विद्यार्थीले आफूलाई आवश्यक पर्ने ग्राफिक्सहरु सजिलै बनाउन सक्छन् ।

जसका लागि ग्राफिक्स डिजाइनको  ज्ञानको आवश्यकता पनि पर्दैन । वेबसाइटमा पहिले नै तयारी अवस्थामा रहेका डिजाइनहरूमा आवश्यकता अनुसार परिमार्जन गरेर त्यसलाई प्रयोगमा ल्याउने सकिन्छ । 

 

पछिल्लो अध्यावधिक: असोज १९, २०७९ १४:३५