close

मेरो पर्फ्युम किन्नुहोस्, त्यसपछि म ट्वीटर खरिद गर्छुः एलन मस्क

टेकपाना टेकपाना

असोज २७, २०७९ १५:५

मेरो पर्फ्युम किन्नुहोस्, त्यसपछि म ट्वीटर खरिद गर्छुः एलन मस्क

काठमाडौं । स्पेसएक्स तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बुधबार 'ब्रन्ट हेयर' नामक परफ्युम सार्वजनिक गरेका छन् । उक्त परफ्युमको प्रचार गर्ने क्रममा मस्कले पुनः ट्वीटर खरिदको विषय बाहिर ल्याए । यसो त कुनै पनि सामग्रीको प्रचार गर्दा मस्कले ट्वीटरलाई नै प्रयोग गरिरहेका हुन्छन् ।

विशेषगरी टेस्ला गाडी र स्पेसएक्सका मिसनबारे जानकारी दिन उनले ट्वीटरको अधिक प्रयोग गर्ने गर्छन् । अहिले पनि त्यसैगरी 'ब्रन्ट हेयरको प्रचार गरेका छन् । तर, व्यङ्ग्यात्मक शैलीमा ।

व्यङ्ग्य गर्दै मस्कले आफ्ना फलोअरलाई परफ्युम खरिद गर्न अनुरोध गरेका छन् । उनी लेख्छन्, "कृपया मेरा परफ्युम खरिद गर्नुहोस्, ताकि म ट्वीटर खरिद गर्न सकूँ ।" 

No description available.

बुधबार सार्वजनिक गरेको परफ्युमलाई मस्कले ट्वीटरमा अनौठो तरिकाले प्रचार गरिरहेका छन् । उनका अनुसार हालसम्म उक्त परफ्युमका २० हजार युनिट बिक्री भइसकेका छन् ।

आफ्नो ट्वीटर ह्याण्डलको बायोमा उनले 'परफ्युम सेल्सम्यान' राखेका छन् । मस्कले सार्वजनिक गरेको पर्फ्युमको मूल्य १०० डलर (करिब १३ हजार १६८ रुपैयाँ) पर्छ । मस्कले गत अप्रिलमा ट्वीटर खरिद गर्ने घोषणा गरेका थिए, जसमा अनेकौं मोड आइरहेका छन् ।

ट्वीटरमा भएको बटको सङ्ख्या सार्वजनिक नगरिएकाे भन्दै मस्क कम्पनी खरिद सम्झाैताबाट पछि हटेका थिए ।

पछिल्लो समय मस्कले प्रतिशेयर ५४.२० डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन्, जसलाई ट्वीटरले सकारात्मक रूपमा लिएको छ । कम्पनी र मस्कबीचको अदालती मुद्दा खारेज भएको सन्दर्भमा मस्कले कम्पनी खरिद गर्ने प्रस्ताव गरेका छन् ।

यो प्रस्तावप्रति कम्पनी र कम्पनीका कर्मचारी दुवै सकारात्मक रहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०७९ १५:३५