close

आठ वर्ष पछिकै सबैभन्दा कमजोरी स्थितिमा स्मार्टफोन बजार

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ ११:५७

आठ वर्ष पछिकै सबैभन्दा कमजोरी स्थितिमा स्मार्टफोन बजार

काठमाडौं । विश्व स्मार्टफोन बजार पछिल्लो आठ वर्षकै सबैभन्दा कमजोर स्थितिमा पुगेको छ । विश्व बजारमा देखिएको आर्थिक मन्दीका कारण स्मार्टफोन खरिद कम हुँदा सन् २०१४ को तेस्रो चौमासिक पछिकै सबैभन्दा खराब स्थिति सिर्जना भएको हो ।

स्मार्टफोन बजारको अध्ययन गर्ने संस्था क्यानालिसका अनुसार सन् २०२२ को तेस्रो त्रैमासिकमा स्मार्टफोनको सिपमेन्ट ९ प्रतिशतले घटेको जनाइएको छ । क्यानालिसनका अनुसार यो अवस्था थप ९ महिनासम्म कायम रहने छ ।

उच्च ब्याजदर र पेट्रोलियम पदार्थको मूल्यमा भएको उल्लेख्य वृद्धिको असर स्मार्टफोन बजारमा देखिएको जनाइएको छ । सँगै कोभिड–१९ कारण चिनको बजारमा आएको सुस्तता पनि यसको अर्को कारणको रुपमा हेरिएको छ । जसका कारण साओमी, भिभो, ओप्पो लगायतका स्मार्टफोन ब्राण्डको ब्यापार डबल अंकले घटेको जनाइएको छ ।

यसरी चिनियाँ ब्राण्डको बिक्रि घट्दा एप्पल व्यापार बढाउने एक मात्रै कम्पनी हुने सफल भएको छ । भने, सामसङले आफ्नो पुरानै बजार कायम राख्न सफल भएको छ । 
 

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ ११:५७