close

भारतमा गुगललाई २१ अर्ब जरिवाना

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ ११:३३

भारतमा गुगललाई २१ अर्ब जरिवाना

काठमाडौं । भारतीय प्रतिस्पर्धा आयोग(सीसीआई) ले गुगललाई १६२ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब २० करोड रुपैयाँ भन्दा बढी जरिवाना गरेको छ । देशको एन्ड्रोइड मोबाइल ईकोसिस्टमा कम्पनीको प्रभालाई दूरुपयोग गरेको भन्दै सीसीआईले गुगललाई जरिवाना गर्ने निर्णय लिएको हो ।

आयोगका अनुसार गुगलले स्मार्टफोनका लागि अप्रेटिङ सिस्टमको अनुमति, एन्ड्रोइड स्मार्टफोनका लागि एप स्टोर, वेबसर्च सर्भिस, मोबाइल वेब ब्राउजर र अनलाइन भिडिओ होस्टिङ प्लेटर्फमा रहेको आफ्नो प्रभावको दूरुपयोग गरेको छ ।

कारबाहीका साथै कम्पनीलाई आयोगले केही निर्देशन समेत दिएको छ । जसमा प्रयोगकर्ताले नयाँ एन्ड्रोइड डिभाइस सेटअप गर्दा प्रयोगकर्ताले आफूले चाहेको सर्च इन्जिन राख्न मिल्ने बनाउनु पर्ने बताएको छ । यसका साथै एप स्टोरमा राखिएको एप डेभलपरले अन्य प्लेटर्फममा समेत दिन मिल्ने बनाउनु पर्ने जनाइएको छ ।

यसका लागि सीसीआईले गुगललाई ३० दिनको समय दिएर आवश्यक डकुमेन्ट उपलब्ध गराउन निर्देशन दिएको उल्लेख छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ ११:५५