काठमाडाैं । एन्ड्राेइड १२ काे सार्वजनिक भएसँगै एन्ड्राेइड १३ बारे पनि चर्चा भइरहेकाे थियाे । अन्तत: याे हप्ताकाे सुरुवातबाट सामसङकाे फ्ल्यागशिप फाेनहरु, ग्यालेक्सी एस २२ सिरिजका फाेनमा अपडेट सुरु हुन थालेकाे छ । यद्यपि सामसङका सबै फाेनहरुमा भने याे अपडेट एकैपटक उपलब्ध नहुने भएकाे छ ।
साममाेबाइलका अनुसार नाेभेम्बर २०२२ सम्ममा सामसङका महँगा फाेनहरुमा अपडेट उपलब्ध हुनेछ । त्यस्तै मिड रेन्जका र केही पुराना फ्ल्यागशिप मोडेलहरुमा डिसेम्बर २०२२ वा जनवरी २०२३ भित्रमा अपडेट उपलब्ध हुनेछ ।
साथै अपडेटका लागि याेग्य फाेनहरुमा सन् २०२३ काे दाेस्राे त्रैमासिक भित्रमा एन्ड्राेइड १३ आउने अपेक्षा गरिएकाे छ । काेरियाली भाषामा भएकाे सामसङकाे मेम्बर एपमा एन्ड्राेइड १३ काे अपडेट देखापरेकाे थियाे, जसबाट विश्वबजारमा कहिले एन्ड्राेइड १३ उपलब्ध हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । यहाँ निम्न फाेन माेडेलहरुमा एन्ड्राेइड १३ उपलब्ध हुने तालिका रहेकाे छ ।