काठमाडाैं । एन्ड्राेइड १२ काे सार्वजनिक भएसँगै एन्ड्राेइड १३ बारे पनि चर्चा भइरहेकाे थियाे । अन्तत: याे हप्ताकाे सुरुवातबाट सामसङकाे फ्ल्यागशिप फाेनहरु, ग्यालेक्सी एस २२ सिरिजका फाेनमा अपडेट सुरु हुन थालेकाे छ । यद्यपि सामसङका सबै फाेनहरुमा भने याे अपडेट एकैपटक उपलब्ध नहुने भएकाे छ ।
साममाेबाइलका अनुसार नाेभेम्बर २०२२ सम्ममा सामसङका महँगा फाेनहरुमा अपडेट उपलब्ध हुनेछ । त्यस्तै मिड रेन्जका र केही पुराना फ्ल्यागशिप मोडेलहरुमा डिसेम्बर २०२२ वा जनवरी २०२३ भित्रमा अपडेट उपलब्ध हुनेछ ।
साथै अपडेटका लागि याेग्य फाेनहरुमा सन् २०२३ काे दाेस्राे त्रैमासिक भित्रमा एन्ड्राेइड १३ आउने अपेक्षा गरिएकाे छ । काेरियाली भाषामा भएकाे सामसङकाे मेम्बर एपमा एन्ड्राेइड १३ काे अपडेट देखापरेकाे थियाे, जसबाट विश्वबजारमा कहिले एन्ड्राेइड १३ उपलब्ध हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । यहाँ निम्न फाेन माेडेलहरुमा एन्ड्राेइड १३ उपलब्ध हुने तालिका रहेकाे छ ।
अब्टाेबर २०२२
Galaxy S22
Galaxy S22+
Galaxy S22 Ultra
नाेभेम्बर २०२२
Galaxy Z Fold 4
Galaxy Z Flip 4
Galaxy Z Fold 3
Galaxy Z Flip 3
Galaxy S21
Galaxy S21+
Galaxy S21 Ultra
Galaxy Note 20
Galaxy S20
Galaxy S20+
Galaxy S20 Ultra
Galaxy Tab S8
Galaxy Tab S8+
Galaxy Tab S8 Ultra
Galaxy Tab S7
Galaxy Tab S7+
Galaxy Quantum 3
Galaxy A53 5G
Galaxy A33 5G
डिसेम्बर २०२२
Galaxy Z Fold 2
Galaxy Z Flip 5G
Galaxy Z Flip
Galaxy S20 FE
Galaxy Tab S7 FE/S7 FE 5G
Galaxy Tab S6 Lite
Galaxy A Quantum
Galaxy A Quantum 2
Galaxy A52s 5G
Galaxy A51
Galaxy A51 5G
Galaxy A42 5G
Galaxy A32
Galaxy Jump
Galaxy Jump 2
जनावरी २०२३
Galaxy Tab A8
Galaxy Tab A7 Lite
Galaxy Tab Active 3
Galaxy Buddy 2
Galaxy Wide 6
Galaxy Wide 5
Galaxy Buddy
Galaxy A23
Galaxy A13
Galaxy M12
Galaxy XCover 5
फ्रेबुअरी २०२३
Galaxy Tab Active 4 Pro
पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ १०:४५
