यी १३ एपमा भेटियो खतरनाक मालवेयर, मोबाइलबाट तुरून्त हटाउन गुगलको आग्रह
कात्तिक १४, २०७९ १७:७
काठमाडौं । गुगलले प्लेस्टारबाट दुई करोडभन्दा बढी डाउनलोड भएका १३ ओटा एप हटाएको छ । एन्ड्रोइड डिभाइसमा रहेका यी एपले डिभाइसको ब्याट्री र मोबाइल डेटा खपत सामान्य अवस्थामा भन्दा धेरै बढाउने गरी क्रियाकलाप गरेको साइबर सुरक्षा अनुसन्धान कम्पनी म्याकाफीले जनाएको थियो ।
त्यसैका आधारमा गुगलले यी एपलाई प्लेस्टोरबाट हटाएको हो । जसमा फ्ल्याशलाइट, क्यूआर रिडर, क्यामेरा युनिट कन्भर्टर, टास्क मेनेजर लगायतका एप छन् ।
म्याकाफीका अनुसार जब प्रयोगकर्ताले यी एप आफ्नो डिभाइसमा खोल्छन, तब एपले प्रयोगकर्ताको अनुमति बिनै थप कोड डाउनलोड गरी उक्त कोडमार्फत ब्याकग्राउण्डमा रहेर प्रयोगकर्ताको डिभाइसको ब्याट्री तथा डेटा खपत बढाउनुका साथै प्रयोगकर्ताको जानकारी संकलन गर्नेसम्मका काम गर्छन् ।
गुगलले प्रयोगकर्तालाई आफ्नो डिभाइसबाट यी एप हटाउन आग्रह गरेको छ । यस्ता छन् हटाइएका १३ एप:
-
High Speed Camera
-
SmartTask
-
Flashlight+
-
Memo calendar
-
English-Korean Dictionary
-
BusanBus
-
Quick Notes
-
Smart Currency Converter
-
Joycode
-
EzDica
-
Instagram Profile Downloader
-
Ez Notes
-
Image Vault - Hide Images
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १७:७
