close

दराज ११.११ हुँदै, ११ लाख उत्पादनमा ८० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ १०:२१

दराज ११.११ हुँदै, ११ लाख उत्पादनमा ८० प्रतिशतसम्म छुट

काठमाडौं । ई-कमर्स प्लेटफर्म दराजले आउँदो नोभेम्बर ११ (कात्तिक २५) मा पाँचौं संस्करणको अनलाइन शपिङ फेस्टिभल ११.११ आयोजना गर्ने भएको छ । यो महोत्सवमा ११ लाख उत्पादनमा ८० प्रतिशतसम्म छुट पाइने दराजले जनाएको छ ।

यसअन्तर्गत बैंक र प्रि-पेमेन्ट छुटहरू प्रदान गरिने भएकाे छ । डेबिट/क्रेडिट कार्ड प्रि-पेमेन्टमार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) छुट प्रदान गर्न दराजले बैंकहरूसँग साझेदारी गरेको छ ।

यी बैंकका ग्राहकले दराज ११.११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. २५००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) सम्मको छुट प्राप्त गर्ने छन् । 
 
१.नबिल बैंक 
२. कुमारी बैंक 
३. सानिमा बैंक 
४. माछापुच्छ्रे बैंक
५. एभरेष्ट बैंक 
६. सनराइज बैंक 
७. मेगा बैंक  
८. एनएमबि बैंक 
९. सिटिजन्स बैंक 
१०. नेपाल बैंक 
११. एनसीसी बैंक 
१२. नेपाल एसबीआई बैंक 
१३. सेन्चुरी बैंक 
१४. ज्योति विकास बैंक 
१५. सांग्रिला बैंक 
१६. सिद्धार्थ बैंक 
१७. हिमालयन बैंक 
१८. कामना सेवा बैंक

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ १०:२१