close

ह्वावेको फोल्डेबल फोनमा स्याटलाइट फिचर आउने पक्का

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ ८:२३

ह्वावेको फोल्डेबल फोनमा स्याटलाइट फिचर आउने पक्का

काठमाडौं । ह्वावेले आफ्नो फोल्डेबल स्मार्टफोन 'मेट एक्सएस टु'मा स्याटलाइट मेसेजिङ सेवा उपलब्ध गराउने पक्का भएको छ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै यो फोनमा स्याटलाइट मेसेजिङ फिचर उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।

आउँदो शनिबार डेभलपर कन्फ्रेन्समार्फत यो फिचरको विषयमा आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीको तयारी छ । कम्पनीले बाइडु स्याटलाइटको सहकार्यमा मेट एक्सएस टु फोनमा यस्ताे सुविधा दिन लागेको हो ।

योसँगै मेट एक्सएस टु स्याटलाइट मेसेजिङ फिचर उपलब्ध गराउने पहिलो फोल्डेबल फोन हुनेछ । यो फिचरमार्फत प्रयोगकर्ताले आकस्मिक अवस्थामा छोटा मेसेजहरू पठाउन सक्नेछन् ।

साथै स्थानीय निकाय वा साथीहरूलाई आफ्नो लोकेसन पनि शेयर गर्न सक्नेछन् । हाललाई यो फिचर एकतर्फी मात्र छ। ह्वावेले आउने दिनमा यो फिचरलाई दुईतर्फी बनाउने प्रयास गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ ८:२३