close

बाढी र जङ्गलमा लाग्ने आगलागी सम्बन्धी जानकारी दिन गुगलको छुट्टै प्लेटफर्म

टेकपाना टेकपाना

कात्तिक १७, २०७९ ११:१८

बाढी र जङ्गलमा लाग्ने आगलागी सम्बन्धी जानकारी दिन गुगलको छुट्टै प्लेटफर्म

काठमाडौं । गुगलले बाढीको पूर्वानुमान तथा जङ्गलमा लाग्ने आगलागीबारे जानकारी दिने टुललाई थप प्रभावकारी बनाएका छ । त्यसका लागि कम्पनीले ‘फ्लड हव’ सार्वजनिक गरेको छ । जसमार्फत पहिलो चरणमा विश्वका २० देशमा बाढीको पूर्वानुमान सहितको जानकारी दिने कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले ‘वाइल्ड फायर ट्रयाकिङ’ सिस्टमलाई थप प्रभावकारी बनाउँदै थप देशहरूमा सेवा उपलब्ध गराएको छ । यो फिचर यसअघि कम्पनीले अमेरिकामा परीक्षणका लागि उपलब्ध गराएको थियो । अमेरिकामा गरिएको परीक्षण पश्चात् कम्पनीले यसलाई थप देशहरूमा उपलब्ध गराएको हो ।

हाल विश्वका आधाभन्दा बढी देशमा बाढी तथा जङ्गलमा लाग्ने आगलागीबारे पूर्व जानकारी दिने प्रविधि उपलब्ध नभएको युनाइटेड नेसनले गत महिनामात्रै जारी प्रतिवेदनले देखाएको छ । बाढी र आगलागीबारे समयमै जानकारी दिने प्रविधि नहुँदा धेरैको ज्यान जोखिममा पर्दै गएको छ । यस्तोमा गुगलले ल्याएको यो प्रविधि निकै प्रभावकारी हुने अनुमान गरिएको छ ।

बाढीको विषयमा जानकारी दिने प्रविधिका लागि गुगलले आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) प्रयोगमा ल्याएको छ । यसअघि सन् २०१८ मा गुगलले यो प्रविधि भारतको पटनामा प्रयोगमा ल्याएको थियो । भने, सन् २०२० मा बंगलादेश भर यसलाई प्रयोग गरिएको थियो । सन् २०२१ सम्म गुगलले २३ मिलियन मानिसलाई बाढी सम्बन्धी जानकारी पठाएको उल्लेख छ ।

भारत र बङ्गलादेशमा उपलब्ध गराइएको सर्भिसलाई व्यवस्थित र प्रभावकारी बनाउँदै कम्पनीले अब २० भन्दा बढी देशमा यो सेवा उपलब्ध गराएको हो । भने, बिस्तारै अन्य मुलुकमा समेत उपलब्ध हुने जनाइएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०७९ ११:१८