close

एलन मस्कको घोषणाः अब लामा लामा ट्वीट गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १९:४८

एलन मस्कको घोषणाः अब लामा लामा ट्वीट गर्न सकिने

काठमाडौं । विश्व धनाढ्य एलन मस्कले ट्वीटरको स्वामित्व लिएसँगै प्लेटफर्ममा अनेकौँ परिवर्तन देखिन थालेको छ । यसैबीच मस्कले ट्वीटरको शब्द सीमालाई समेत हटाउने बताएका छन् ।

उनले एक ट्वीट गर्दै अब ट्वीटरमा लामा पोस्टहरू पनि राख्न मिल्ने उल्लेख गरेका छन् । यसको अर्थ हो ट्वीटरमा अब शब्दको सीमा रहने छैन । 

हाल ट्वीटरमा २८० ओटा ‘क्यारेक्टर’ मात्र लेख्न सकिन्छ । मस्कका अनुसार अब भने प्रयोगकर्ताले लामा ट्वीट पनि  गर्न सक्नेछन् । यद्यपि कम्पनीले फेसबुकमा जस्तै असीमित शब्द लेख्न मिल्ने बनाउने हो वा शब्दको सीमालाई थप केही विस्तार मात्र गर्ने हो भन्ने विषय स्पष्ट छैन ।

तर उनको पोस्टले ट्वीटरमा शब्द सीमा हट्ने अुनमान गर्न सकिन्छ । "ट्वीटरले चाँडै नै लामा ट्वीट गर्न सकिने सुविधा दिनेछ, यसले नोटप्याडका स्क्रिनशट राख्नुपर्ने अनावश्यक झन्झट अन्त्य गर्नेछ," उनले भनेका छन् ।

 

Twitter will soon add ability to attach long-form text to tweets, ending absurdity of notepad screenshots

— Elon Musk (@elonmusk) November 5, 2022

पछिल्लो समय मस्कले ट्वीटर प्रयोगकर्ताका लागि लिइरहेको निर्णयले मस्कलाई विवादमा समेत तानिरहेको छ । 

भेरिफाइड प्रयोगकर्ताको लागि ब्लु टिकको शुल्क तिर्नुपर्ने देखि लिएर कम्पनीका कर्मचारी कटौतीसम्मका निर्णयले मस्क विवादित बनेका छन् । यद्यपि ट्वीटको शब्द सीमा हटाउने निर्णयलाई भने सामाजिक सञ्जालमा स्वागत गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १९:४८