close

पब्जी विश्वकपको दोस्रो दिनमा नेपाली टिम डीआरएसको सुधारिएको प्रदर्शन

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ १२:५७

पब्जी विश्वकपको दोस्रो दिनमा नेपाली टिम डीआरएसको सुधारिएको प्रदर्शन

काठमाडाैं । पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा आज तेस्रो दिनको खेल हुँदैछ । शुक्रबार दोस्रो दिनको खेल सकिँदा तीन समूहमध्ये ‘रेड ग्रुप’ मा रहेको नेपाली पब्जी टिम डीआरएस गेमिङले सुधारिएको प्रदर्शन गरेको छ । 

पहिलो दिनको खेल सकिँदा सातौं स्थानमा रहेको डीआरएस गेमिङ दोस्रो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अङ्क तालिकाको चौथौै स्थानमा उक्लिएको हो । डीआरएस गेमिङले १२ खेलबाट ४६ एलिमिनेसन पोइन्ट  र एक चिकेन डिनर सहित कुल ११५ पोइन्ट बटुलेको छ । यो समूहको अङ्क तालिकाको शीर्ष स्थानमा दक्षिण अमेरिकी पब्जी टिम ‘इन्फ्लुयन्स केमिन’ रहेको छ, जसले कुल १७० पोइन्ट ल्याएको छ ।

आज पनि ‘रेड ग्रुप’मा रहेको नेपाली पब्जी टिम डीआरएस गेमिङले प्रतिस्पर्धा गर्दैछ । यो प्रतियोगिताको नेपाली प्रत्यक्ष प्रसारण पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसियाको युट्युब र फेसबुक पेजबाट हेर्न सकिने छ । 

नेपालबाट सहभागी स्काइलाइट गेमिङ 'ग्रीन ग्रुप' मा छ । याे समूहकाे खेल नाेभेम्बर १७ देखि सुरू हुनेछ । त्यस्तै 'यल्लाे टिम' मा रहेकाे ट्रेन टु किलकाे खेल नाेभेम्बर २४ देखि सुरू हुनेछ ।

कुल पुरस्कार राशि ४० लाख डलर (५२ कराेड रूपैयाँ बढी) राखिएको यो प्रतियोगिताको विजेताले ९० हजार डलर (करिब एक करोड १६ लाख), उपविजेताले ८५ हजार डलर (करिब एक करोड १० लाख ) र तेस्रो हुने टिमले ८० हजार डलर (करिब साढे एक करोड) हात पार्नेछन् । 



 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ १३:५३