काठमाडौं । आज आइतबार देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मतदान भइरहेको छ । आजकै दिनलाई लक्षित गर्दै निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू गरेको थियो ।
मौन अवधिको समयमा चुनावी प्रचार प्रसार गर्न पाइँदैन । यतिमात्र नभएर विज्ञापन सामग्री हटाउन समेत आयोगले निर्देशन दिएको थियो । तर, कयौँ उम्मेदवारले आयोगको उक्त निर्देशन उलङ्घन गरेका छन् ।
आयोगले इन्टरनेट तथा अनलाइनका माध्यममा भइरहेका विज्ञापन सामग्री हटाउन विज्ञापन बोर्डसँग सहकार्य गरेको थियो । तर, पनि सामाजिक सञ्जाल फेसबुकमा केही उम्मेदवारका विज्ञापन सामग्री जारी छन् ।
आयोगका अनुसार मौन अवधिमा विज्ञापन गरेको खण्डमा वा प्रचार गर्दा आचारसंहिता उलङ्घन भएको ठहर हुन्छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ ।
मौन अवधिको उल्लंघन गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।
यी हुन् आचारसंहिता विपरीत फेसबुक विज्ञापन गर्ने उम्मेदवार