फोटो सेयरिङ एप इन्स्टाग्रामले मोबाइलमा मात्रै रहेको डाइरेक्ट म्यासेज (डीएम) लाई डेक्सटप भर्सनमा पनि ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो ट्वीटर ह्यान्डलमार्फत यसको जानकारी गराएको हो ।
कम्पनीले हाल वेब भर्सनमा डाइरेक्ट म्यासेज परीक्षण भइरहेको जनाउँदै आगामी दिनमा प्रयोगकर्ताले जहाँबाट जुनसुकै समयमा पनि आफ्नो म्यासेज पढ्न सक्ने उल्लेख गरेको छ ।
DMs, but make them desktop. ?
We’re currently testing Direct messaging on the web, so you can read and reply to your messages from wherever you are. pic.twitter.com/VJ06EpETxG
कम्पनीले हाल यो सेवा सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराएर परीक्षण गरिरहेको छ । ती प्रयोगकर्ताबाट आएको प्रतिक्रियाको आधारमा कम्पनीले यसलाई अन्य प्रयोगकर्ता माझ उपलब्ध गराउनेछ ।